विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युतमा लगानी गर्दै आएको हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले शतप्रतिशत (१ः१ अनुपात) हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न आइतबार अनुमति दिएको हो ।

बोर्डको अनुमतिपछि अब कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनीका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित्त ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । बाँकी प्रक्रिया पूरा गरेर चाँडै चुक्ता पुँजीको १ः१ अनुपातको सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ । सेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

कम्पनीले अहिले ५ वर्षे व्यावसायिक कार्ययोजना कार्यान्वयन गरिरहेको छ । जसअनुसार आव २०७८र७९ सम्म ३ हजार ३ सय ३९ मेगावाटका २३ आयोजनाहरूमा १० अर्ब ७६ करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने लक्ष्य राखेको छ । यस्तै, सोही अवधिमा १२ अर्ब ६७ करोड रुपैयाँ ऋण लगानी गर्ने योजना छ ।

कम्पनीले हालसम्म ४ सय ७६ मेगावाटका १३ आयोजनामा १० अर्ब ८८ करोड ऋण लगानी गरेको छ । ती मध्ये ९०।६ मेगावाटका ४ आयोजना सञ्चालनमा आइसकेका छन् । यही आवभित्र १ सय ८२ मेगावाटका आयोजनाबाट विद्युत् उत्पादन हुँदैछ ।

हालसम्म कम्पनीले १५ सय ४० मेगावाटका ५ आयोजना र ४ सम्बन्धित कम्पनीहरूमा ९ अर्ब ४५ करोड रुपैयाँ स्वपुँजी लगानी गरेको छ । उता पावर चाइनासँगको सहकार्यमा १ सय ५६ मेगावाटको माडी जलाशय र ७ सय ५६ मेगावाटको तमोर जलाशय निर्माण गर्न सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit