विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माण पूरा भई विद्युत् उत्पादनको चरणमा पुगेको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजनाको परीक्षणका क्रममा डिस्यान्डर (बालुवा थिग्र्याउने पोखरी) भत्किएपछि यसको छानबिन गर्न समिति गठन गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत् विकास विभागको छलफलको निष्कर्षबाट समिति गठन गर्ने निर्णय गरिएको हो । विभागले आयोजना अध्ययन महाशाखाका सिडिई (सिनियर डिभिजनल इन्जिनियर) आशिष श्रेष्ठको संयोजकत्वमा सोमबार (जेठ १० गते) ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा विभागबाट संयोजकसहित ४ जना र स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था नेपाल (इपान) बाट एक जना प्रतिनिधि छन् । इपानले महासचिव गोरे शेर्पालाई प्रतिनिधिको रूपमा पठाएको छ । निजी क्षेत्रलाई आवश्यक पर्दा सहजीकरण गर्दै उसको कामको निरन्तर निरीक्षण गर्ने क्रममै विभागले आफ्नो काम अगाडि बढाएको महानिर्देशक नविनराज सिंहले बताए ।

‘जलविद्युत् आयोजना निर्माणक्रममा कतिपय भौगोलिक अवस्थाका कारण समस्या आउँछ तर लिखुमा अलि फरक समस्या देखियो,’ उनले ऊर्जा खबरसँग भने, ‘अनुगमन तथा निरिक्षण गर्ने हाम्रो जिम्मेवारी नै हो, हामी गछौं । निजी क्षेत्रले आगामी दिनमा यस्ता घटनाबाट पाठ सिक्नुपर्ने हुन्छ ।
समितिलाई छानबिन गरी अध्ययन प्रतिवेदन बुझाउन एक महिनाको समय तोकिएको छ । साथै, समितिलाई डिजाइन तथा ड्रवीङ हेर्ने, परीक्षण प्रतिवेदन अध्ययन गर्ने लगायत सुरुदेखिका काम कारबाहीको अनुगमन गर्न निर्देश गरिएको छ ।

यसैगरी, डिस्यान्डर भत्केको दिन त्यस क्षेत्रमा कति पानी परेको थियो र खोलाको बहाब कति थियो भन्ने पक्षसमेत सुक्ष्मरूपमा अध्ययन गर्न निर्देशन दिइएको छ । आयोजनाले खोलामा एक्कासी पानीको बहाब बढेको अर्थात् बाढी आएका कारण डिस्यान्डर भत्किएको बताएको छ ।

विद्युत् उत्पादन परीक्षणको तयारी गर्ने क्रममा गत बिहीबार (जेठ ६ गते) राति करिब १० बजेतिर लिखु खोलाको बाढी पसेर क्षति भएको आयोजनाको दाबी छ । तर, अधिकांश इन्जिनियर तथा यस क्षेत्रका विज्ञहरूले डिजाइनमा भएको त्रुटी वा निर्माण क्रममा गर्नुपर्ने निरन्तर अनुगमनको लापरबाहीले डिस्यान्डरमा क्षति पुगेको निष्कर्ष निकालेका छन् ।

याे पनि पढ्नुहाेस्

निर्माणमा चरम लापरबाही, परीक्षणकै क्रममा लिखु-४ काे डिसेन्डिङ बेसिन भत्कियो

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit