विद्युत अपडेट

  • प्राधिकरण : ६३५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९८८१ मे.वा.घन्टा
  • आयात : १३६०६ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२११ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६१६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले ढिला गर्ने भएपछि निजी क्षेत्र आफैंले लामाबगर सुरुङमार्गको काम सुरु गरेको छ । दोलखाको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रका दायाँतर्फको कठिन भीरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि सुरुङमार्ग निर्माण सुरु गरेको हो ।

लामाबगरबाट १० किलोमिटर उत्तरमा रहेको १६० मेगावाटको लप्चीखोला जलविद्युत आयोजनाले सुरुङ निर्माणको काम सुरु गरेको हो । जलविद्युत आयोजना निर्माणका लागि पहुँचमार्गको रूपमा यही सुरुङमार्ग आवश्यक भएकाले एमभी दुगड ग्रुपले बनाउन प्रस्ताव गरेको जलविद्युत आयोजनाले सुरुङको काम सुरु गरेको छ । लप्चीखोला निजी क्षेत्रले बनाएको सबैभन्दा ठूलो आयोजना हो ।

११ सय मिटर लम्बाइको सी आधारमा निर्माण थालिएको ६ मिटर उचाइ र ७ मिटर सुरुङमार्गको अहिलेसम्म ६ सय मिटर खनिएको एम दुगड ग्रुपले जानकारी दिएको छ । बुमरमार्फत सुरुङ खन्ने काम भइरहेकोले अबको ३ महिनामा सुरुङ खन्ने काम सकिनेछ ।

यही आयोजनाले पहुँचमार्ग निर्माणका लागि ३ वटा स्काभेटर हेलिकप्टरमार्फत आयोजनास्थल लुम्नाङ पुर्याएको छ । २ वटा स्काभेटर लामाबगरको माथिल्लो तामाकोसीको बाँधभन्दा माथि पुर्याइसकेको छ ।

१० वर्षदेखि सडक विभागले लामाबगर चीन बोर्डर जोड्ने सडकका लागि बजेट विनियोजन गरे तापनि ३ किलोमिटर ट्रयाकमात्र खोलेको छ । सुरुङमार्ग तयार भएपछि थप ३० किलोमिटर सडक तयार हुँदा चीन, नेपाल र भारत जोड्ने त्रिदेशीय राजमार्ग तयार हुनेछ ।

लामाबगरभन्दा माथि दुगडको लप्चीखोलासहित सानिमा समूहको ५६ मेगावाटको जुमखोला, इनर्जी भेन्चरको ५२ मेगावाटको माथिल्लो लाप्चेखोला, अर्को ४० मेगावाट र अपर तामाकोसीकै रोल्वालिङ डाइभर्सनबाट आउने २२ मेगावाटको आयोजना छ । पहुँचमार्गकै कारण सबै आयोजनाले पूर्वाधारको काम थाल्न सकेका छैनन् ।

५२ मेगावाटको माथिल्लो लाप्चेखोलाको विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता भएको ५ वर्ष पुगिसकेको छ । निजी क्षेत्र आफैंले सुरुङमार्गको काम सुरु गरेपछि ६ महिना सरकारी क्षेत्रबाटै काम रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit