images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सौर्य ऊर्जामा आधारित सौर्य प्रणाली तथा उपकरण जडान गर्न आवेदन माग गरेको छ । केन्द्रले सौर्य ऊर्जा शाखा अन्तर्गतका विभिन्न कार्यक्रमहरू आर्थिक वर्ष (आव) २०८०/८१ मा कार्यन्वयन गर्न आवेदन माग गरेको हो ।

केन्द्रले चालु आवमा ५ वटा सौर्य ऊर्जामा आधारित सौर्य आयोजना र प्रणाली जडान गर्न इच्छुक स्थानीय तह, कृषकहरूसँग आवेदन माग गरेको छ । कृषि सिँचाइका लागि सौर्य पम्प जडान, सामुदायिक, सार्वजनिक एंव धार्मित स्थानहरूमा सौर्य ऊर्जा प्रणाली जडान, उज्यालो नेपालका लागि राष्ट्रिय मिनिग्रीड कार्यक्रमका लागि आवेदन माग गरेको छ ।

यसैगरी, स्थानीय तह, सार्वजनिक स्वास्थ्य संस्था/कार्यालय/विद्यालयहरूमा सौर्य ऊर्जा प्रणाली जडान गर्न र खानेपानी आयोजनाका लागि सौर्य पम्पिङ प्रणाली जडान गर्न आवेदन माग गरेको केन्द्रले जनाएको छ ।

सौर्य प्रणाली जडान गर्न इच्छुक स्थानीय, सार्वजनिक स्वास्थ्य संस्था/कार्यालय/विद्यालय, उपभोक्ता समिति तथा कृषकहरूले आवश्यक कागजातसहित सम्भाव्यता अध्ययन फारम भरी आवेदन दिनुपर्नेछ । इच्छुकले साउन २३ गतेसम्म केन्द्रको कार्यालयमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit