विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभाको पिलुवा खोलामा निर्माण सम्पन्न डाउन पिलुवा खोला जलविद्युत आयोजनाको १०.३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण ग्रिडमा जोडिएको छ । रिभर फल्स पावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत मंगलबार (साउन ९ गते) देखि प्रणालीमा जोडिएको हो ।

आयोजनाको सबै काम तथा आन्तरिक परीक्षण सकाएर उत्पादित विद्युत मंगलबारदेखि नेपाल विद्युत प्राधिकरणको बानेश्वर सबस्टेसनमा जोडेको आयोजना संयोजक यज्ञप्रसाद सुवेदीले बताए । ‘अहिले आयोजनाबाट ६/७ मेगावाट विद्युत उत्पादन भइरहेको छ, १/२ दिनमा फुल लोडमा उत्पादन हुन्छ,’ उनले ऊर्जा खबरसँग भने, ‘दुई साता प्राधिकरणले उत्पादन परिक्षण गरेपछि व्यापार उत्पादन सुरु हुन्छ ।’

आयोजनाबाट उत्पादन हुने विद्युत २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको बानेश्वर सबस्टेसनमा जोडिएकाे छ । सबस्टेसनसम्मको आवश्यक साढे ३ किलोमिटर लामाे प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो ।

प्राधिकरणसँग भएको विद्युत खरीद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७७ चैतदेखि विद्युत उत्पादन गर्नुपर्ने तालिका थियो । तर, विद्युत प्रवाह हुने कोसी कोरिडोर प्रसारण लाइन निर्माणमा भएको ढिलाई, कोरोना माहामारीले गर्दा करिब २ वर्ष ढिला गरी विद्युत उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो, तर, कोरोना महामारीलगायत विविध कारणले करिब २० करोड रुपैयाँ लागत बढेको सुवेदीले बताए । आयोजनामा सिटिजन बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंकले ७० प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी, ३० प्रतिशत स्वपूँजी छ ।

आयोजनाको थप जानकारी

आयोजनाको नाम : डाउन पिलुवा

प्रवर्द्धक कम्पनी : रिभर फल्स पावर कम्पनी लिमिटेड

क्षमता : १०.३ मेगावाट

जिल्ला : संखुवासभा

हेडरेस पाइप : २.४ किलोमिटर

सबस्टेसन : बानेश्वर

लागत : सुरुकाे अनुमानित लागत- १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ, थपिएकाे ः २० कराेड रुपैयाँ

ऋण लगानी : १ अर्ब ३२ करोड रुपैयाँ (सिटिजन बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंक)

वार्षिक उत्पादन : ५७.६८५ गिगावाट घन्टा 

सुख्खायाम : ७.६८५ गिगावाट घन्टा

बर्खायाम : ५० गिगावाट घन्टा

निर्माण सुरु : २०७६ पुस

पिपिए अनुसार उत्पादन तालिका : २०७७ चैतदेखि

नयाँ उत्पादन तालिका : २०७९ चैत (२ वर्ष ढिलो)

प्रणालीमा जाेडिएकाे मिति ः २०८० साउन ९ गते

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit