विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

‘चिलिमे’ सफल जलविद्युत् उत्पादक कम्पनी हो । आज जलविद्युत् र चिलिमे पर्यायावाची शब्दजस्तै भइसकेको छ । र, जलविद्युत् विकासमा देशको शिर उँचो बनाएको छ । अर्ध–सरकारी कम्पनी ‘चिलिमे’ ले जलविद्युत्मा एउटा मोडलै स्थापित गरेको छ । निजी होस् वा सरकारी हरेक निकायले आज यही मोडल पछ्याउँदै आयोजना निर्माण गरिरहेका छन् । देशको सिंगो जलविद्युत् विकास यतै मोडिएको छ ।

रसुवामा २२.१ मेगावाटको चिलिमे जलविद्युत् आयोजना निर्माण गर्न २०५२ साल कात्तिक १५ गते कम्पनी स्थापना गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले जन्माएको कम्पनीप्रति सरकारले पनि शंका गरेको थियो । निजी सार्वजनिक साझेदारी (पिपिपि) मोडलको काम असफल हुने आशंका प्राधिकरणलाई पनि थियो ।

चिलिमे जलविद्युत् अायाेजनाकाे विद्यूत्गृह

अनेक शंका र विवादबीच चिलिमे आयोजना सफलरूपमा सम्पन्न भयो । आयोजनाबाट २०६० सालदेखि विद्युत् उत्पादन सुरु भएको हो । वार्षिक १ सय ५० गिगावाट घन्टा विद्युत् उत्पादन हुने गरेको छ । कम्पनीले अहिले वार्षिक एक अर्ब रुपैयाँ लगानी गर्ने क्षमता बनाएको छ ।

चिलिमेबाटै जलविद्युत्मा सर्वसाधारणले सेयर पाउने अधिकार सुनिश्चित गरिएको हो । योभन्दा पहिले आयोजना प्रभावित, स्थानीय र सर्वसाधारणले सेयर लगानी गर्ने नीति थिएन । यो व्यवस्था तत्कालीन आयोजना निर्देशक डम्मरबहादुर नेपालीले सुरु गरेका हुन् । पछिल्लो समय हरेक आयोजनाले स्थानीय तथा सर्वसाधारण र कम्पनीमा कार्यरत कर्मचारीका लागि लगानी गर्ने अवसर दिँदै आएका छन् ।

उत्पादन सुरु भएको करिब १४ वर्षमा कम्पनी एउटा मोडल त बनेकै छ अर्कोतर्फ आधा दर्जन आयोजना निर्माण प्रक्रियामा अघि बढाएको छ । चिलिमेले अहिले १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी, ४५.५ मेगावाटको तल्लो सान्जेन र १४.८ मेगावाटको सान्जेल (२७०.३ मगावाट) एकसाथ निर्माण गरिरहेको छ । सबै आयोजनाबाट आगामी २ वर्षभित्र विद्युत् उत्पादन हुँदैछ ।

कम्पनीले अहिले ५ सय ८५ मेगावाटका २ आयोजनाको अध्ययन अनुमतिपत्र लिएको छ । यी आयोजनामा कम्पनीले वार्षिक १ अर्ब रुपैयाँ नयाँ आयोजनामा लगानी गर्ने क्षमता राख्दछ ।

कम्पनीको सेयर संरचना

चिलिमे कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४४ करोड ७९ लाख २४ हजार रुपैयाँ पुगेको छ । ७० हजार सेयर सदस्य रहेको कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर छ । यसमध्ये प्राधिकरण र चिलिमेमा कार्यरत कर्मचारीको २५ प्रतिशत, सर्वसाधारणको १४ प्रतिशत र आयोजना प्रभावित स्थानीयको १० प्रतिशत स्वामित्व छ ।

५१ प्रतिशत सेयर भएकाले ९ सञ्चालकमध्ये ५ प्राधिकरणबाट प्रतिनिधित्व गर्छन् । कर्मचारीको प्रतिनिधित्व गर्ने २ जना तथा स्थानीय र सर्वसाधारणको तर्फबाट २ जना सदस्य रहने व्यवस्था छ ।

कम्पनीले विद्युत् उत्पादन सुरु गरेको वर्ष २०६०/६१ बाट सेयरधनीलाई लाभांश दिन सुरु गरेको थियो । आर्थिक वर्ष २०७३/७४ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ८६ करोड १९ लाख रुपैयाँ नगद लाभांश तथा बोनस सेयर दिएको छ ।

कुनै समय उच्च विन्दुमा पुगेको कम्पनीको सेयर मूल्य अहिले भने ओरालो लागेको छ । सेयर मूल्य खस्किनुमा समग्र नेप्से परिसूचक घट्नु कारण मानिएको छ । सेयरधनीलाई बोनस सेयर वितरण गर्दा पुँजीको आधार बढ्न गई प्रतिसेयर आम्दानी घटेको कम्पनीको भनाइ छ ।

सहायक कम्पनी अन्तर्गतका आयोजना

कम्पनीले २ सय ७० मेगावाटका चार आयोजना निर्माण गरिरहेको छ । यी आयोजना निर्माण गर्न छुट्टा–छुट्टै कम्पनी स्थापना गरिएको छ । निर्माणाधीन आयोजनामध्ये रसुवागढी र साञ्जेन रसुवामा र मध्यभोटेकोसी सिन्धुपाल्चोकमा पर्छ ।

कम्पनीले सान्जेनमा स्वपुँजीको ३९.३६ प्रतिशत, मध्यभोटेकोसीमा ३७ प्रतिशत र रसुवागढीमा ३२.८ प्रतिशत लगानी गरेको छ । सान्जेनमा १ अर्ब ४३ करोड ६६ लाख ४४ हजार रुपैयाँ र रसुवागढीमा २ अर्ब २५ करोड ७९ हजार रुपैयाँ चुक्ता गरेको छ । मध्यभोटेकोसीमा २ अर्ब २८ करोड लगानी प्रतिबद्धता रहेकोमा २ अर्ब १० करोड रुपैयाँ चुक्ता गरेको छ । बाँकी चालू आवभित्र चुक्ता गर्ने लक्ष्य छ ।

चिलिमे इन्जिनियरिङ कम्पनी

जलविद्युत् विकासको दायरा फराकिलो बनाउँदै २०७३ असोज ११ गते ‘चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेस् कम्पनी’ स्थापना गरिएको छ । यसको अधिकृत पुँजी ६ करोड तथा जारी पुँजी ३ करोड १० लाख रुपैयाँ छ । चिलिमेको सतप्रतिशत लगानीको कम्पनीले इन्जिनियरिङ परामर्श तथा विद्युत्गृह सञ्चालन गर्नेछ । यो कम्पनीले चिलिमे अन्तर्गतमात्र नभई निजी क्षेत्रले निर्माण गर्ने आयोजनाको अध्ययन, डिजाइन तथा सुपरिवेक्षण गर्ने लक्ष्य राखेको छ ।

भावी योजना

चिलिमे यसै वर्ष अध्ययन अनुमतिपत्र लिएका ४ सय २० मेगावाटको बूढीगण्डकी प्रोक र १ सय ६५ मेगावाटको सेती नदी अघि बढाएको छ । यी आयोजनामा ६ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने कम्पनीले जनाएको छ । यी आयोजनाको अध्ययन ‘चिलिमे इन्जिनियरिङ तथा सर्भिसेस् कम्पनी’ ले गर्ने भएको छ । नयाँ आयोजनामा प्राविधिक विज्ञताको अधिकतम् उपयोग गरी वार्षिक १ अर्ब रुपैयाँसम्म लगानी गर्दै जाने कम्पनीको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit