विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङबाट खसेर २ जना कामदार घाइते भएका छन् । आयोजनाको निर्माणाधीन ठाडो सुरुङबाट १६० मिटर तल खसेर उनीहरू घाइते भएका  हुन् ।

ठाडो सुरुङमा पाइप निकाल्ने क्रममा क्रेन भाँचिएर उनीहरू सुरुङभित्र खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । उनका अनुसार बिहान करिब ४ बजे पाइप निकाल्ने क्रममा यो दुर्घटना भएको हो ।  

घाइते हुनेमा पर्साको कोटेश्वर गाउँपालिकाका २० वर्षीय अंकित चौधरी र बाराको कोहोल्बी नगरपालिकाका २२ वर्षिय राकेश चौधरी छन् । अंकितको उद्दारपछि ओखलढुङ्गास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । राकेशको उद्दार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो आयोजनामा भएको दोस्रो दुर्घटना हो । यसअघि गत आयोजनामा गत पुस ११ गते भएको दुर्घटनामा २ जना इन्जिनियरको मृत्यु भएको थियो ।परीक्षणका क्रममा आयोजनाको पेनस्टक पाइप पड्किएर आयोजनामा कार्यरत अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit