विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व वरिष्ठ इन्जिनियर नियाज अहमदको निधन भएको छ । क्यान्सरबाट पिडित उनको उपचारका क्रममा बुधबार निधन भएको हो ।

बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार हुन नसकेपछि मंगलबार भक्तपुरस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको अहमदको त्यहीं निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

बाँसबारी न्यूरो अस्पतालको चरम लापरबाहीले उनको ज्यान गएको परिवारको आरोप छ । पहिले नै क्यान्सर अस्पताल लैजान खोजेको भए पनि बाँसबारी अस्पतालले रोकेको परिवारको गुनासो छ । करिब ६ लाख रुपैयाँ उपचारमा खर्च भइसकेपछि बाँसबारीले क्यान्सर अस्पताल लैजान दिएको थियो ।

उनको मुस्लिम परम्पराअनुरा गृह जिल्ला कपिलवस्तुमा अन्त्ष्टी गरिनेछ । उनका एक श्रीमती र २ छोरी छन् । अहमद प्राधिकरणका १०औं तहका सिभिल इन्जिनियर थिए । उनी प्राधिकरणमा २९ वर्ष सेवा गरेर ७ वर्षअघि सेवाबाट अवकास भएका थिए । 

प्राधिकरणमा कार्यरत रहँदासम्म उनले ६९ मेगावाटको मर्स्याङ्दी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ३२ मेगावाटको कुलेखानी दोस्रो, १४.८ मेगावाटको मोदी र १४ मेगावाटको कुलेखानी तेस्रोमा काम गरे । सुरुङसम्बन्धी काममा बढी दख्खल रहेको हुँदा उनी यसैमा आफूलाई खरो उतार्ने प्रयास गर्थे ।

उनको लगनशीलता, इमान्दारिता र कतव्र्यनिष्ठताको मूल्यांकन गरेर तत्कालीन सरकारले गोरखा दक्षिणबाहुले सुशोभित गरेकाे थियाे । जतिबेला उनी कुलेखानी दोस्रोमा कार्यरत थिए । यो आयोजना पूरा भएपछि मोदीको निर्माण सुरु भयो । यहाँ पनि उनले कुशलताका साथ काम गरेको भन्दै गोरखा दक्षिणबाहु पुरस्कार दिइएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit