विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालमा उत्पादित विद्युत खपत बढाउने चर्चा व्यापक चलिरहँदा आर्थिक वर्ष (आव)  २०७९/८० काे ९ महिनामा साढे १ लाख भन्दा बढी विद्युतीय चुलो आयात भएको छन् । आवको साउनदेखि चैतसम्म उक्त परिमाणकाे विद्युतीय चुलो नेपाल भित्रिएका हुन् । 

चैतसम्ममा १ लाख ६२ हजार ५ सय ७ वटा विद्युतीय चुलो आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । त्यसमध्ये सबैभन्दा बढी इन्डक्सन चुलो रहेको देखिएको छ । ९६ हजार २० वटा इन्डक्सन चुलो र ६६ हजार ४ सय ८७ वटा इन्फ्रारेड चुलो भित्रिएको विवरणमा उल्लेख छ ।

आयात भएको इन्डक्सनमध्ये सबैभन्दा बढी चाइनाबाट आएको तथ्यांकमा देखिएको छ । चाइनाबाट ७९ हजार ४ सय ९७ वटा , भारतबाट भारतबाट १६ हजार ४ सय ५६ वटा, मलेसियाबाट ५० वटा, कतारबाट १४ वटा चुलाे भित्रिएका छन् । यस्तै, युनाईटेड अरब इमिरेटेड, सिंगापुरबाट र युनाइटेड स्टेटबाट १/१ वटा इन्डक्सन चुलो ल्याइएको छ ।

यसैगरी, चाइनाबाट ६४ हजार ४ सय ८७ वटा र भारतबाट २००१ वटा इन्फ्रारेड चुलो ल्याइएको तथ्यांकमा उल्लेख छ । विद्युतीय चुलो प्रयोग गर्दा छिटो छरितो हुने र विजुलीको खपत पनि हुने भएकाले अहिले नेपाली जनाताहरू विद्युतीय चुलो प्रति लक्षित भएका छन् । एलपिजी ग्यास भन्दा सजिलो हुने भएकाले हाल नेपालले विद्युतीय चुलोलाई बढी प्राथमिकता दिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit