विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आइजे ग्लोबल पत्रिकाको शीर्ष २० बैंकहरूको सूचीमा सूचिकृत भएको छ । आइजे ग्लोबल युरोमनि संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो ।

जसलाई विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ। आइजे ग्लोबल तथ्यांकले ३२ हजारभन्दा बढी कारोबार, २६ हजार परियोजना र दुई हजार एक सय कोष समावेश गर्छ । जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८० प्रतिशत शीर्ष कानुन फर्मको ९० प्रतिशत र शीर्ष वित्तीय सल्लाहाकारको ८५ प्रतिशत बजारका आधारमा अद्यावधिक गरिन्छ ।

यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी परियोजनाहरु प्रदर्शन गर्दछ । नबिल बैंक १४ औं स्थानमा परेको बैंकले बताएको छ । नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएको छ ।

बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र लगानी बैंकिङमार्फत १५० शाखा, १८७ एटिएम र १७० भन्दा बढी बैंकिङ साझेदारहरुसँगको सहकार्यमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit