images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दार्चुला जिल्लामा निर्माण सम्पन्न ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाले आगामी २८ गते (बिहीबार) देखि उत्पादन परीक्षण सुरू गर्ने भएको छ । अपि पावर कम्पनी लिमिटेडले निर्माण पूरा गरिसकेको आयोजनाको संरचनामा पानी भरेर उत्पादन परीक्षण सुरु गर्ने तयारी भइरहेकाे हो ।

दुई सातापछि आयोजनाको संरचनामा पानी भरेर उत्पादन परीक्षण गर्ने तयारी भइरहेको कम्पनीका कार्यकारी सञ्चालक संञ्जिव न्यौपानेले बताए । ‘आयोजनाको हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण परीक्षण भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘असार २८ गतेदेखि संरचनामा पारी भरेर उत्पादन परीक्षण गरिनेछ ।’ उत्पादन परीक्षण सुरु भएको दुई साता (१५ दिन) नेपाल विद्युत प्राधिकरणले परीक्षण गर्नेछ । त्यसपछि मात्र व्यापारिक उत्पादन सुरु हुने न्यौपानेले बताए ।

आयोजनाबाट उत्पादित विद्युत १३२ केभीको डबल सर्किट प्रसारण लाइनमार्फत १६ किलोमिटर दुरीमा रहेको प्राधिकरणको बलाँच सबस्टेसनमा जोडिनेछ । आयोजनाको सबै काम पूरा गरेर २०८० फागुनभित्र विद्युत उत्पादन गर्ने तालिका थियो । तर, कम्पनीले उत्पादन तालिका भन्दा ८ महिना अगाडि नै आयोजनाको सबै काम पुरा गरी उत्पादन सुरु गर्ने तयारी गरेको छ । निर्धारित विद्युत उत्पादन तालिकाभन्दा ८ महिनाअघि नै उत्पादन सुरु गर्ने तयारी गरिरहेका छौ, तालिकाअगावै काम सम्पन्न गर्ने प्रवर्द्धकलाई प्राधिकरणले उच्च मान्यता दिनपर्ने उनको भनाई छ ।

कम्पनीले आयोजनाको विद्युत बिक्रीबाट पहिलो वर्ष १ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गर्नेछ । वार्षिक आम्दानीमा हरेक वर्ष ३ प्रतिशतका दरले ८ वर्षसम्म मूल्य वृद्धि हुने हुँदा आय पनि बढ्दै जाने कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न ७ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ६ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । आयोजनामा हिमालयन बैंकको अगुवाईमा कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य, नेपाल बैंक, नेपाल बंगलादेश र सेन्चुरी बैंकले ५ अर्ब १८ करोड रुपैयाँ लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले गरेको यो लगानी कूल लागतको ७० प्रतिशत हो । २ अर्ब २२ करोड रुपैयाँ (३० प्रतिशत) स्वपूँजी लगानी छ ।

यो आयोजना अपि पावरले निर्माण गरेको तेस्रो जलविद्युत आयोजना हो । कम्पनीले यसअघि दार्चुलामा साढे १६ मेगावाटका २ आयोजनाको सफल निर्माण गरी राष्ट्रिय प्रणालीमा जोडिसकेको छ । कम्पनीले जलविद्युतसँगै सौर्य विद्युत आयोजनामा पनि लगानी गरेको छ । कम्पनीले निर्माण गरेको ४ मेगावाटको चन्द्रनिहापुर, १ मेगावाटको ढल्केबर र १ मेगावाटको सिमरा सौर्य आयोजनाको विद्युत प्रणालीमा जोडिसकेको छ । दुईवटा जलविद्युत आयोजना र तिन वटा सौर्य आयोजना सञ्चालन गरिरहेको यो कम्पनीले आफ्नो संस्थापनकालबाटनै सेयरधनीहरूलाई लाभांश वितरण गर्दै आएको छ ।

याे जिल्लामा माथिल्लाे चमेलियासँगै अन्य आयाेजनाहरू पनि छन् । ती आयाेजनाहरूकाे विद्युत जाेडिने बलाँच सबस्टेसनदेखि अत्तरियासम्मको १४० किलोमिटर लामो १३२ केभीको डबल सर्किट लाइनको दोस्रो सर्किट चार्ज हुने अवस्थामा रहेको छ । यो लाइन चार्ज भएपछि कालंगा गाड बेसिनलगायत दार्जुलामा रहेका आयोजनाको विद्युत प्रवाहमा समस्या नहुने पनि न्यौपानेले बताए ।

‘भारतले १३२ केभी अत्तरिया–टनकपुर हुँदै ८० मेगावाट बिजुली किन्ने भएको छ, र एक्सचेन्ज भएको बिजुली अत्तरियाबाट कोहोलपुर हुँदै नेपालगञ्ज सम्म पुग्नेछ । त्यस कारणले गर्दा बिजुलीको खपत बढ्ने भएकोले खेर नजाने विश्वास छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit