विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप ४३.६५ मेगावाट विद्युत भारत निर्यात गर्ने अनुमति पाएको छ । प्राधिकरणले काबेली बी–१ को २४.२५ मेगावाट र तल्लो मोदीको १९.४ मेगावाट विद्युत निर्यात अनुमति पाएको हो ।

पाँचथर र ताप्लेजुङ जिल्लाको काबेली खोलामा अरुण काबेली पावर कम्पनी लिमिटेडले निर्माण गरी सञ्चालनमा ल्याएको काबेली बी–१ र पर्वतमा माेदी इनर्जी लिमिटेडले सञ्चालनमा ल्याएकाे तल्लो मोदीको विद्युत निर्यात अनुमति पाएको प्राधिकरणले जनाएको छ  । प्राधिकरणका अनुसार हालसम्म १० आयोजनाको ४५२.५ मेगावाट विद्युत निर्यात अनुमति प्राप्त भएको छ ।

सुरुमा दुईवटा  जलविद्युत केन्द्रहरूबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि जेठ २७ गतेबाट ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री गरिएको थियो ।

प्राधिकरणले गत कात्तिक १८ र  ३० गतेबाट थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै आठ जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी भारततर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता ४०८ मेगावाट पुगेको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत २०७९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

यो वर्ष (२०७९ साल) को ७ महिनामा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारत निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ ।

नदी–खोलानालामा पानीको बहाव घट्दा जलविद्युत केन्द्रहरूबाट विद्युत उत्पादन कम भएसँगै अहिले भने भारततर्फको विद्युत निर्यात रोकिएको छ । नेपाल विद्युत प्राधिकरणले नदी तथा खोलामा पानीको सतह कम भई नदी प्रवाहीमा आधारित (आरओआर) जलविद्युतगृहको उत्पादन घटेपछि निर्यात रोकेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit