रसुवा । काठमाडौँ । ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२६ को अवसरमा रसुवा भन्सार कार्यालय, टिमुरेले सिजी मोटर्स प्रा.लि.लाई सम्मान गरेको छ । भन्सार नियम तथा कानुनको पूर्ण पालना गर्दै नियमित राजस्व सङ्कलनमा योगदान पुर्याएको कदरस्वरूप सम्मान तथा कदरपत्र प्रदान गरिएको हो ।
विश्व भन्सार संगठन (डब्लुसिओ) द्वारा निर्धारित यस वर्षको नारा ‘सतर्कता र प्रतिबद्धतामार्फत समाजको संरक्षण गर्ने भन्सार’लाई आत्मसात गर्दै विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
रसुवा भन्सार कार्यालयका अनुसार सिजी मोटर्सले भन्सार ऐन–नियमको पूर्ण पालना, पारदर्शी आयात तथा व्यापार प्रक्रिया, समयमै राजस्व भुक्तानी तथा वैध र व्यवस्थित व्यापार प्रवद्र्धनमा उत्कृष्ट भूमिका निर्वाह गर्दै आएको जनाइएको छ ।
निजी क्षेत्रसँगको सहकार्यले वैध व्यापार प्रवद्र्धन, राजस्व वृद्धि र राष्ट्रिय आर्थिक सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने भन्सार कार्यालयको विश्वास छ । सम्मान ग्रहण गर्दै सिजी मोटर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल शिवाकोटीले आगामी दिनमा पनि सरकारी नियम, कानुन तथा भन्सार प्रक्रियाको पूर्ण पालना गर्दै जिम्मेवार र पारदर्शी व्यवसाय सञ्चालनमा प्रतिबद्ध रहने बताए ।
चौधरी ग्रुपअन्तर्गत सञ्चालनमा रहेको सिजी मोटर्स नेपालको अग्रणी अटोमोबाइल कम्पनी हो । कम्पनीले नेपालमा विद्युतीय सवारी साधनसहित दिगो मोबिलिटी समाधान सार्वजनिक तथा निजी यातायात क्षेत्रमा प्रवद्र्धन गर्दै आएको छ ।
ऊर्जा दक्ष र वातावरणमैत्री यातायात प्रवद्र्धनमार्फत सीजी मोटर्सले नेपालको हरित ऊर्जा र स्वच्छ यातायात लक्ष्यमा योगदान पुर्याउँदै आएको छ ।
कार्यक्रममा विभिन्न सरकारी अधिकारी, भन्सार कर्मचारी, निजी क्षेत्रका प्रतिनिधि, व्यवसायी तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।