images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ३३ केभी माल्टा- उनीचौर प्रसारण लाइन सञ्चालनमा आएको छ । लगनखेल वितरण केन्द्रको कार्य क्षेत्रभित्र पर्ने ललितपुर जिल्ला बागमती गाउँपालिकाको माल्टादेखि माहाँकाल गाउँपालिकाको उनीचौर सबस्टेसन सम्मकाे लाइन सञ्चालनमा आएको हो । 

लाइन माल्टादेखि यास्पा, सतेली, छपेली, खानी डाँडा, इकुडोल बेसी, कोन्ज्योसोम गाउँपालिकाको भकारी डाँडा, खत्तौर, ठुला पाखा हुँदै माहाँकाल गाउँपालिकाको उनीचौर सबस्टेसनसम्म निर्माण गरिएकाे छ । उनीचौर सबस्टेसन सञ्चालन गर्नका लागि उक्त प्रसारण लाइन १५ गते (शुत्रबार) देखि सञ्चालन गरेको लगनखेल वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त स्थानको ३३ केभी प्रसारण लाइनमा जडान गरिएको पोल, तार, स्टे लगायतका विद्युतीय उपकरणहरू नछुन र घर पालुवा जनावरहरूलाई पोल तथा स्टेमा नबाध्न तथा आफ्ना बालबालिकालाई समेत उक्त विषयमा सचेत गराउन आग्रह गरेको छ ।

उक्त स्थानको विद्युत लाइनमा रुखका हाँगाबिगा तथा बाँसले छोएको देखिएमा, कुनै स्थानमा स्पार्क आएमा वा अन्य कुनै खतरा देखिएमा केन्द्रमा जानकारी गराउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit