विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी तथा सरकारी ऊर्जा उत्पादकहरूले अध्ययन पुरा गरेका डेढ दर्जन जलविद्युत आयोजनाले निर्माण अनुमति पाएका छन्  । अध्ययन पुरा भएका १७ जलविद्युत आयोजनाले विद्युत विकास विभागबाट निर्माण अनुमतिपत्र पाएका हुन् ।

विभागका अनुसार २०७९ साउनदेदेखि माघसम्मको अवधिमा ५१८.८ मेगावाटका १७ जलविद्युत आयोजनाकाे नाममा उत्पादन अनुमतिपत्र जारी गरिएको छ । अनुमति पाउनेमा सबैभन्दा ठुलो ताप्लेजुङमा अध्ययन पूरा भएकाे ७७.५ मेगावाटकाे घुन्सा खाेला रहेकाे छ । रेमिट हाइड्रो लिमिटेड प्रवर्द्धक रहेकाे आयाेजनाले साउन ४ गते अनुमति पाएकाे हाे ।

यस्तै, यही जिल्लामा सिम्बुवा रेमिट हाइड्रो लिमिटेले अध्ययन सम्पन्न गरेकाे ७०.३ मेगावाटकाे सिम्बुवा खाेलाले पनि साउन २३ गते अनुमति पाएकाे छ । ६५ मेगावाटकाे दुधखाेलाले पनि २५ गते अनुमति पाएकाे छ । याे आयाेजना सिता  हाइड्रो पावर कम्पनीले अघि बढाएकाे हाे । 

एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्ट प्रालिले अध्ययन पुरा गरेको ४४ मेगावाटको सानी भेरी जलविद्युतले २०७९ माघ १२ गते निर्माण अनुमति पाएको हो ।कास्कीमा ४३ मेगावाटको अप्पर मादी जलविद्युत आयोजना निर्माण गर्न अन्नपुर्ण पावर कम्पनी लिमिटेडले अनुमतिपत्र पाएको छ । यो आयोजनाले २०७९ भदौ ३० गते निर्माण अनुमति पाएको थियो । 

यसैगरी, ४० मेगावाटको भोटेकोसी–१, २१ मेगावाटको जल्दी गाड, १५ मेगावाटको मिडिल त्रिशुली गंगा नदी, १३ मेगावाटको मिडिल मैलुङ (क्यास्केड), २१ मेगावाटको आयु मलुन खोला, १५ मेगावाटको अप्पर काबेली-२, ३० मेगावाटको पलुन खोलम-१, २१ मेगावाटको पलुन खोला स्मल, २४ मेगावाटको लुजा खोला, ४.९ मेगावाटको अप्पर पिखुवा खोला र ९.३ मेगावाटको सिवाखोला जलविद्युत आयोजनाले निर्माण अनुमति पाएका छन् ।

निर्माण अनुमति पाएका आयोजनामध्ये सबैभन्दा सानो ३.३ मेगावाटको स्यार्पु जलविद्युत आयोजना रहेको छ । स्यार्पु पावर कम्पनी लिमिटेडले अध्ययन पुरा गरेको उक्त आयोजनाले पुस २० गते निर्माण अनुमति पाएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit