images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारकाे लक्ष्य पूरा भएरै छाड्ने दाबी गरेका छन् । जलविद्युत् आयोजनाहरू निर्माण र उत्पादन बढ्दै गएकोले विगतकाे ११३ वर्षमा जेजति प्रगति भए पनि अब गुणात्मक रूपमा विद्युत् क्षेत्रको विकास हुने उनको दाबी छ । जिल्ला समन्वय समिति दोलखाले काठमाडौँमा आयोजना गरेको ‘दोलखाका जलविद्युत् आयोजनाहरूबाट प्राप्त अवसर, समस्या र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । 

लामो समय अलमलमा बसे तापनि गणतन्त्र आएपछि १५ वर्षमा २ हजार ५०० मेगावाट विद्युत उत्पादन भएको उनले बताए । अहिलेसम्म विद्युत् उत्पादनको कुल जडित क्षमता करिब ३१०० मेगावाट पुग्न लागेको भन्दै उनले असारसम्म थप ३०० मेगावाट विद्युत उत्पादन हुने बताए ।

विद्युत् उत्पादन बढ्यो भनेर चिन्ता पनि छ । अब विद्युत् खपत बढाउँदै बढी भएको निर्यात गर्ने मन्त्री बस्नेतले बताए । ‘१० मेगावाटसम्का जलविद्युत् आयोजनाले पिपिएको लाइनमा बस्नु पर्दैन,’ उनले भने, ‘अब त्यो क्षमतामा आए जति सबैको पिपिए हुन्छ ।’ अबको चुनौती विद्युत खपत बढाउनुमा रहेको भन्दै उनले विगतमा आयत बढ्ने गरेकोमा यो वर्षदेखि खरिदभन्दा बिक्री बढ्ने विश्वास गरे । त्यस्तै, उनले जलविद्युत आयोजनालाई वातावरणीय प्रभाव मूल्यांकन (इआईए) मार्फत गरिएका बाचा तथा शर्त पूरा गर्न सुझाव दिए । 

अर्को प्रसङ्गमा उनले एकीकृत प्रसारण लाइन बनाएर तारको जालो घटाउने प्रयास स्वरुप दोलखाको लामाबगरबाट बाह्रबिसेसम्म २२० केभी क्षमताको प्रसारण लाइन पनि बन्ने उनले बताए । लामाबगरभन्दा माथि बन्न लागेका आयोजनालाई लक्षित गरी सो प्रसारण लाइन बन्न लागेको हो । 

छुट्टाछुट्टै आयोजनाले प्रसारण लाइन बनाउँदा तारैतारको जालो हुने भएपछि एउटै प्रसारण लाइन बनाउन लागिएको छ । अब दोलखामा प्रसारण लाइनको समस्या नहुने उनले बताए । यसका लागि खिम्ती–१ जलविद्युत् आयोजनाको प्रवर्द्धक हिमाल पावर लिमिटेड र सरकारको संयुक्त लगानीमा छुट्टै कम्पनी स्थापना हुने उनले बताए । उक्त कम्पनीमा दोलखा र रामेछापबासीका लागि सेयर लगानी सुनिश्चित हुने उनले बताए । चाँडै संयुक्त कम्पनी बनाउने गरी छलफल चलिरहेको उनको भनाइ छ । हिमाल पावरसँग डलरमा भएको पिपिएको अवधि ४ वर्षअघि नै सकिएको र अब चाँडै खिम्ती–१ को ५० प्रतिशत स्वामित्व सरकारको नाममा आउने उनले बताए ।

अर्को प्रसङ्गमा मन्त्री बस्नेतले एक वर्षभित्र शतप्रतिशत नागरिकमा विद्युत् सेवा पुगिसक्ने समेत दाबी गरे ।  

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती–ढल्केबर ४०० केभी प्रसारण लाइन बन्ने बताएका छन् । घिसिङले २२० केभी खिम्ती–ढल्केबर प्रसारण लाइनले अहिलेको विद्युत भार थेग्न नसक्ने भएकोले भविष्यमा उत्पादन हुने विद्युत् आयोजनाहरूलाई लक्षित गरी अर्को हाइभोल्टेज प्रसारण लाइन बनाउन लागेको बताए । २२० केभीको खिम्ती–ढल्केबर प्रसारण लाइन ६ वर्षअघि मात्रै सञ्चालनमा आएको थियो । 

दोलखा, रामेछाप र ओखलढुंगामा निर्माण हुने जलविद्युत आयोजनालाई लक्षित गरी खिम्तीमा ४०० केभिए क्षमताको सबस्टेसन बनेको छ । हाल खिम्ती–बाह्रबिसे–काठमाडौँ ४०० केभी प्रसारण लाइन निर्माणाधीन अवश्थामा छ । 

जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानेको अध्यक्षतामा भएको कार्यक्रममा दोलखाको ९ वटै स्थानीय तहका प्रमुख, प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरू र पूर्वमन्त्रीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit