विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखामा ९९.५ मेगावाटको तामाकोसी-५ जलविद्युत आयोजना निर्माणका लागि ठेक्का आह्वान भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक तामाकोसी जलविद्युत कम्पनीले अघि बढाउन लागेको आयोजनाको निर्माण गर्न ठेक्का आह्वान गरेको हो ।

तामाकोसी–५ दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको क्यासकेड आयोजना हो । आयोजनाको सिभिल संरचना र हाइड्रो मेकानिल उपकरणको ठेक्का निकालेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आगामी दुई महिनासम्म आवेदन दिन मिल्ने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको छ । इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा निकालिएको ठेक्का मोडलमा ठेकेदार कम्पनीले डिजाइन, निर्माण खरिद लगायतका सबै काम गर्नुपर्छ ।

आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ । दुई प्याकेजमा निर्माण गर्न लागिएको आयोजनामा पहिलो प्याकेजमा आयोजनाको सिभिल संरचना र हाइड्रो मेकानिकल उपकरणको काम हुनेछ । दोस्रो प्याकेजमा इलेक्ट्रो मेकानिकल र प्रसारण लाइनको निर्माण हुने कम्पनीले जनाएको छ ।

यसअघिको ठेक्का रद्ध

कम्पनीले यसअघि २०७९ साउन ९ (जुलाई २५, २०२२) गते आयोजना निर्माणका लागि ठेक्का निकालेको थियो । आयोजना निर्माणका लागि इच्छा जाहेर गरेका ४ मध्ये दुई कम्पनी प्राविधिक प्रस्तावमा छनौट भएका थिए । उक्त ठेक्कामा सिनो हाइड्रो कर्पोरेसन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड पास भएर सर्टलिष्टमा परेका थिए । 

दुई कम्पनीको वित्तीय प्रस्ताव प्रवर्द्धक कम्पनीले गरेको अनुमानभन्दा बढी भएकोले ठेक्का रद्ध भएको थियो । यी मध्ये सिनो हाइड्रोले आर्थिक प्रस्ताव कम कबोल गरेको थियो ।

२१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान

कूल २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजी (इक्विट) लगानी हुनेछ । स्वपुँजी मध्ये प्राधिकरणको ६८ प्रतिशत र सर्वसाधारण नागरिकको ३२ प्रतिशत लगानी रहने गरी लगानीको मोडल तयार गरिएको छ । आयोजनामा कर्मचारी सञ्चय कोषले १३.७४ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । कोषसँगे गत जेठ ७ गते सम्झौता भएको थियो । 

आयोजनाको संरचना

तामाकोसी–५ नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको क्यासकेड आयोजना हो । यसको हेडवक्स निर्माण नगरी माथिल्लो तामाकोसीको विद्युत गृहबाट आएको टेलरेसको पानीलाई सिधै सुरुङमा पठाइन्छ ।

आयोजनाको ८ किलोमिटर सुरुङ निर्माण गरी सुरीटारमा भूमिगत विद्युतगृह निर्माण गरी विद्युत उत्पादन गरिनेछ । आउँदो हिउँददेखि आयोजनाको काम सुरु गरी ४ वर्षमा पूरा गर्ने लक्ष्य राखे तापनि लक्ष्य अनुसार काम सुरु नहुने कम्पनीले जानकारी दिएकाे छ । आयोजनाको आवास निर्माणको काम पनि सुस्त गतिमा भइरहेको छ । २ किलोमिटर लामो २२० केभी प्रसारण लाइन लगायत संरचनाहरू निर्माण हुनेछन् । आयोजनाका सम्पूर्ण संरचना विगू गाउँपाकिका वडा नम्बर १, २, ३ र ४ मा निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit