विद्युत अपडेट

  • प्राधिकरण : ८८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : १६९७४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४८६७३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २०१५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७४४८६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३०६ मे.वा.
२०८३ साउन १३, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । जापानका तीन वठा ठूला समुद्री वायु ऊर्जा परियोजनाबाट मित्सुबिसी कम्पनीले हाट झिकेको छ । उच्च लात र न्यून प्रतिफललाई कारण देखाउँदै जापानी कम्पनी मित्सुबिसीले बुधबार ती परियोजनाबाट पछि हट्ने निर्णय गरेको जनाएको छ । 

उक्त तीन वायु ऊर्जा परियोजनाअन्तर्गत १३४ वटा वायु टर्वाइन जडान गरी विद्युत् उत्पादन गरेर १० लाखभन्दा बढी परिवारलाई विद्युत् आपूर्ति गर्ने योजना जापान सरकारले अघि सारेको थियो । यसका लागि मित्सुबिसीलाई ठेक्का दिइएको थियो ।

‘सरकारले समुद्री वायु ऊर्जालाई नवीकरणीय ऊर्जालाई विद्युत्को प्रमुख स्रोत बनाउने गरी योजना अघि बढाएको थियो,’ सरकारकी प्रवक्ता योसिमासा हायासीले सञ्चारकर्मीहरूसँगको कुराकानीमा भनेकी छन्, ‘यी परियोजनाबाट मित्सुबिसी हट्नुपर्ने कारणबारे अध्ययन तथा मूल्यांकन गरेपछि सरकारले पुनः ठेक्का प्रक्रियाका सर्तसहित यसलाई पुनरावलोकन गर्ने छ ।’ 

चीन, अमेरिका, भारत र रसियापछि सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने राष्ट्र जापान हो । आयातीत जीवाश्म इन्धनमा यसको निर्भरता अत्यधिक छ । 

सन् २०२३ मा जापानको झण्डै ७० प्रतिशत विद्युत् माग कोइला, ग्यास र पेट्रोलियम इन्धनबाट उत्पादन हुने विद्युत्ले पूरा गरेको थियो । जापानले यसलाई १५ वर्षमा ३० देखि ४० प्रतिशतमा घटाउने लक्ष्य राखेको छ ।

उही अवधिमा वायु ऊर्जाको हिस्सा ४ देखि ८ प्रतिशत पुर्‍याउने योजना छ, जुन अहिले करिब एक प्रतिशत मात्र छ ।

झण्डै १४ वर्षअघि सन् २०११ मार्च ११ मा जापानको फुकिसिमा आणविक ऊर्जा भट्टीमा भएको दुर्घटनापछि जापानले २०५० सम्ममा कार्बन उत्सर्जन शून्य बनाउने लक्ष्यका प्राप्तिका लागि पुनः आणविक ऊर्जामा फर्किने रणनीति लिएको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३