images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रामेछापमा निर्माणाधीन ३ मेगावाटको सानो मिल्ती खोला जलविद्युत आयोजना अलपत्र पारेको भन्दै सेयरधनीहरूले विरोध जनाएका छन् । सेयरधनीहरूले मिल्ती खोला हाइड्रो पावर कम्पनीलाई विदेशमा पसिना बगाएका मजदुरहरूको लगानी डुबाउन खोजेको आरोप लगाएका हुन् ।

साढे ६ वर्षअघि आयोजना निर्माण गर्नका लागि भनेर दक्षिण कोरियाबाट पठाएको ११ करोड ४५ लाख रुपैयाँ डुबाउन लागेको सेयरधनी ज्ञानेन्द्र पौडेलले बताए । उनका अनुसार सञ्चालक तेन्जी शेर्पा, सुरेश लिम्बु, हरिबहादुर क्षेत्री र देवेन्द्र सोमान्थेलाई आयोजनामा लगानी गर्न ५ सय जनाले रकम पठाएका थिए ।

आयोजनाले राष्ट्रिय बाणिज्य बैंकको पनि करिब ३ करोड रुपैयाँ लगानी डुबाउन लागेको सेयरधनीले बताएका छन् । बैंकले करिब ३० करोड रुपैयाँ लगानी गर्ने गरी सम्झौता गरेको थियो, तर काम सुरु नभएपछि रकम दिएको थिएन ।

बैंकको सम्झौता अनुसारको म्याद सकिएपछि ऋण तिर्न ३५ दिने सूचना निकालेको थियो । सूचना निकालेको ७० दिन हुँदासम्म सञ्चालक चुप लागेर बसेपछि लगानी डुम्बे खतरा बढेकोले आफ्नो धारणा सार्वजनिक गरेको सेयरधनी चेतबहादुर बस्नेतले बताए ।

सञ्चालकहरूको जायजेथा, चलअचल सम्पत्तिबाट असुलेर भए पनि पसिना बगाएका मजदुरहरूको लगानी नडुबाउन र हाइड्रो सञ्चालन गर्नुपर्ने सेयरधनीको माग छ । ‘हामी सबैले विदेशको चर्को घाममा पसिना बेचेर कमाएको पैसा सुरक्षित हुनुपर्छ,’ बस्नेतले भने, ‘आयोजनाको काम जसरी पनि सुरु गर्नुपर्छ, कि ब्याजसहित पैसा फिर्ता गर्नुपर्छ ।’ आयोजनामा एकजना सेयरधनीले १ लाख देखि १३ लाख रुपैयाँसम्म लगानी गरेका छन् ।

साना लगानीकर्ताहरूको पैसा लिएर सञ्चालकहरूले कामै नगरेको उनको भनाइ छ । कम्पनीले जम्मा ४ किलोमिटर मात्रै सडक निर्माण गरेको छ । हाइड्रो पावरले सेयरधनीहरुलाई धोका दिएको सेयरधनी गोकर्ण रिमालले बताए । उनका अनुसार बैंकले ऋण असुलीको सूचना निकालेपछि हाइड्रो पावरले लगानीकर्ता खोज्दैछौ, तपाईंहरूको लगानी डुब्न दिन्नौं, केही समय धैर्य गर्नुहोस् भन्दै आएको छ तर केही गरेको छैन ।

आयोजना निर्माण गर्न २०७१ सालमै कम्पनी दर्ता भएको थियो । कम्पनीले २०७३ असोज ९ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति पाएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit