विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन खुलेको छ । सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको कम्पनीमा आवेदन खुलेको हो ।

कम्पनीको लागि आवश्यक प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति खुल्ला प्रतियोगिताद्वारा गर्न आवेदन माग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कम्तिमा इलेक्ट्रिक/मेकानिकल/सिभिल इन्जिनियरिङ विषयमा स्तातक पास गरेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

प्रमुख कार्यकारी अधिकृतका लागि १० मेगावाटभन्दा बढीको जलविद्युत आयोजनामा उच्च पदमा कम्तिमा १२ वर्ष  सञ्चालन तथा मर्मत कार्यमा संलग्न भएको, नेपाल सरकारका निकायहरूसाग समन्वय गरी कार्य गरेकाे हुनुपर्नेछ । साथै, कर्मचारी व्यवस्थापन र दैनिक अन्य प्रशासनिक कार्यमा संलग्न भएको हुनुपर्नेछ ।

इच्छुक व्यक्तिले आवेदन दिँदा शैक्षिक योग्यता, अनुभव, सम्पर्क ठेगाना (इमेल, मोबाइल नम्बर, घर ठेगाना) सहितको वैयक्तिक विवरण, नेपाली नागरीकताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । आवेदकले पुस २७ गतेसम्म आवेदन दिनसक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit