विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्ल्लो साढे ८ महिनामा ९ सय १२ हजार मेगावाटका विद्युत आयोजनाले उत्पादन अनुमतिपत्र लिएका छन् । २०७७ जेठ यता अध्ययन पूरा भई निर्माणमा जाने चरणका ४३ जलविद्युत तथा सौर्य विद्युत आयोजनाका प्रवद्र्धक कम्पनीले विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएका हुन् ।

जलविद्युतबाट ८ सय ७१ मेगावाटको विद्युत उत्पादन गर्न ३६ आयोजनाका प्रवद्र्धकले उत्पादन अनुमतिपत्र लिएको विभागले जनाएको छ । विभागकाअनुसार थप ४१.१७ मेगावाटका ७ सौर्य विद्युत आयोजना छन् ।

उत्पादन अनुमति पाउने आयोजनामध्ये सबैभन्दा ठुलो १ सय २८ मेगावाटको तमोर मेवा जलविद्युत आयोजना छ । ताप्लेजुङको तमोर नदीमा निर्माण हुने यो आयोजना स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले अघि बढाएको छ । यो आयोजनाको प्रवर्द्धक कम्पनीले गत असोज २५ गते विभागबाट उत्पादन अनुमति पाएको थियो ।

यस्तै, ९७.२ मेगावाटको इसुवा खोलाले जेठ २७ गते अनुमति पाएको हो । केबीएनआर इसुवा पावर कम्पनीले यो आयोजनाको अनुमतिपत्र लिएको छ । आयोजनाको अध्ययन पूरा भएपछि संरचना निर्माणको काम अघि बढाउन उत्पादन अनुमतिपत्र लिएको हो ।

यसैगरी, अन्नपूर्ण विद्युत विकास कम्पनीले ८६ मेगावाटको लान्दु्रक मोदी आयोजना निर्माण गर्न अनुमतिपत्र लिएको छ । कालिका इनर्जी कम्पनीले पनि ६२ मेगावाटको भोटेकोसी–५ आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन विभागबाट उत्पादन अनुमतिपत्र लिएको छ । अन्य जलविद्युत आयोजना ६० मेगावाट भन्दा कम क्षमताका छन् ।

यस्तै, पिअर इनर्जी कम्पनीले १०/१० मेगावाटका २ सौर्य विद्युत आयोजनाको उत्पादन अनुमतिपत्र लिएको छ । कम्पनीले बाँकेमा संरचना रहने गरी अध्ययन पूरा भएका सौर्य विद्युत आयोजनाको उत्पादन अनुमतिपत्र लिएको हो । कम्पनीले यी आयोजनाको अनुमतिपत्र गत मंसिर २९ र पुस २ गते लिएको हो ।

जी–आइ सोलारले ६.८ मेगावाट, ग्लोबल इनर्जी एण्ड कन्ट्रक्सनले ८ मेगावाट, सौर्य विद्युत पावरले २ मेगावाट, सगरमाथा इनर्जी एण्ड कन्सट्रक्सनले ३ मेगावाट  र नेपाल विद्युत प्राधिकरणले १.३७ मेगावाटको सौर्य विद्युत आयोजनाको उत्पादन अनुमतिपत्र लिएको छ । 

उत्पादन अनुमतिपत्र लिएका यी आयोजनाका प्रवद्र्धक कम्पनीले संरचना निर्माणको सुरु गर्नुअघिका प्रक्रियागत काम गरिरहेका छन् । केही आयोजना वित्तीय स्रोत जुटाउन लागेका छन् । विभागले अहिलेसम्म साढे ७ हजार मेगावाटका २ सय ४५  विद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र दिइसकेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit