विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालको नेपालगञ्जदेखि भारतको नानपारासम्मको १३२ केभी डबल सर्किट क्रसबोर्डर प्रसारण लाइनको निर्माण ठेक्का मुडभरी एण्ड जोेशी कन्स्ट्रक्सन प्रा.लि.ले पाएको छ । विद्युत्‌लाई भरपर्दो र गुणस्तरीय पूर्वाधारमार्फत आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले अघि बढाएको लाइनको ठेक्का सम्झौता भएको हो ।

प्राधिकरण र ठेकेदारबीच फागुन १६ गते सम्झौता भएको हो । सम्झौतापत्रमा ठेकेदार कम्पनीका कार्यकारी अध्यक्ष अजयकुमार मुडभरी र प्राधिकरणका तर्फबाट आयोजना प्रमुख रञ्जराज गुरुङले हस्ताक्षर गरे ।

सम्झौताअनुसार ठेकेदारले लाइनको डिजाइन, आपूर्ति, निर्माण, जडान, परीक्षणको काम दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने गुरुङले बताए । नेपालमा उत्पादित विद्युत् खपत भई बाँकी बिजुली भारतीय बजारमा बिक्री गर्न र आवश्यक परेको खण्डमा आयात गर्न यो लाइनको निर्माण प्रक्रिया अघि बढाइएको हो ।

‘नेपालगन्जको जानकी गाउँपालिका वडा नम्बर ५, वकसपुरदेखि बोर्डरसम्मको १६ किलोमिटर लामो लाइन प्राधिकरणले निर्माण गर्नेछ,’ उनले ऊर्जा खबरसँग भने, ‘बोर्डरदेखि नानपारासम्मको ३२ किलोमिटर भारतले निर्माण गरिरहेको छ, यो खण्डको काम पनि दुईवर्षभित्र पूरा हुनेछ ।’

४६ करोड रुपैयाँ लागत अनुमान गरिएकाे नेपाल खण्डमा करिब ५७ वटा टावर रहने गरी डिजाइन तयार पारिएकाे छ । लाइन निर्माण पूरा भएपछि करिब २०० मेगावाट विद्युत् प्रवाह हुनेछ ।

अहिले यस क्षेत्रमा ३३ केभी लाइनमार्फत विद्युत् आपूर्ति भइरहेको छ । १५ मेगावाट मात्रै विद्युत् प्रवाह क्षमता भएको लाइन जिर्ण अवस्थामा पुगी चुहावट बढेकाे छ । नेपालगन्ज क्षेत्रका आपूर्ति व्यवस्थापन गर्न र समस्या समाधान गर्न १३२ केभी डबल सर्किट लाइन निर्माण प्रक्रिया अघि बढाइएको गुरुङले जानकारी दिए । यो लाइन पूरा भएपछि औद्योगिक क्षेत्र, व्यापारी लगायतका ग्राहकहरूमा गुणस्तर, भरपर्दो र दीर्घकालीन विद्युत् आपूर्ति हुने प्राधिकरणको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit