images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले सेवा प्रदायकबाट करिब १ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । केन्द्रले विद्युतीय संरचनाको उपयोग गर्ने सेवा प्रदायकबाट यति राजस्व उठाएको हो । 

हालसम्म १४ वटा सेवा प्रदायकबाट १ करोड ५७ लाख ३९ हजार ९ सय ७३ रुपैयाँ राजस्व उठाएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार राजस्व संकलन भएका मध्ये सबैभन्दा बढी वर्डलिंक कम्युनिकेसनले नेटको छ । यो कम्पनीको ४२ लाख ७३ हजार ४ सय ३४ रुपैयाँ राजस्व असुल गरेको छ ।

त्यस्तै, चित्रवन युनिक केबलले ३० लाख ५५ हजार ६८ रुपैयाँ, कनेक्ट नेपालले १ लाख ७७ हजार ९ सय ७५ रुपैयाँ, त्रिबेणी नेटवर्क केबलले १ लाख ९३ हजार ८ सय रुपैयाँ राजस्व असुल गरिएको केन्द्रले जनाएको छ । 

प्राईम नेटवर्कबाट २ लाख ३४ हजार, फाइबर वल्र्ड कम्युनिकेसन प्रालिबाट १ लाख २२ हजार ४० रुपैयाँ, ब्रोडलिंकबाट १ लाख १ हजार ७ सय, वेबसफरबाट ३ लाख ५ हजार १ सय, डिसहोमबाट ६ लाख ६१ हजार ५० रुपैयाँ असुल गरेको केन्द्रले जनाएको छ ।

त्यस्तै, भायोनेट कम्युनिकेसनबाट २३ लाख ११ हजार ४ सय ६८ रुपैयाँ, पीडीएस सर्भर नेटवर्कबाट २५ हजार ४ सय २५ रुपैयाँ, सुबिसु नेटवर्कबाट २२ लाख २४ हजार ६६ रुपैयाँ, टेक माइन्स कम्युनिकेसनबाट २० लाख र एन्जियटा अन सेलबाट ८५ हजार ४ सय २८ रुपैयाँ असुल भएको छ । लामो समयदेखि संरचनाको उपयोग गरेबापतको रकम नतिरेका सेवा प्रदायकले राजस्व बुझाएका हुन् । 

प्राधिकरणले २०७३ सालमा नयाँ कार्यविधि बनाएर लागुु गरेदेखि नै सेवा प्रदायकले राजस्व तिर्न अटेरी गर्ने सेवा प्रदायकलाई कारबाही गरेर राजस्व असुल्ने अभियान चलाइएको छ । इनटरनेट सेवा अथवा अन्य सञ्चार सम्बन्धी सेवा प्रदान गर्ने कम्पनीहरुले नियमित पोल चार्ज बापत पोल भाडा अवस्था हेरेर झण्डै ९ हजारदेखि १४ हजार प्रति किमी तिर्नु पर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit