विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २५ मेगावाटको माथिल्लो दोर्दी-ए निर्माण सम्पन्न गरेको लिवर्टी इनर्जी लिमिटेडले २४.६ मेगावाटको बडिगाड जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । गण्डकी प्रदेशको बागलुङ जिल्ला र लुम्बिनी प्रदेशको गुल्मी जिल्ला भएर बग्ने बडिगाड खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

अध्ययन पूरा भएकोले उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमति दिने ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावारण मन्त्रालयबाट स्वीकृत वातावारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय÷सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले  ३५ दिनभित्र प्राप्त हुने गरी राय÷सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ ।

आयोजनाको मूख्य संरचना बडिगाड खोलाको बाँया किनारामा पर्दछ । खालामा बाँध बाँधी खोलाको बाँयापट्टिबाट निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको ६.९८ किलोमिटर हेडरेस सुरुङ हुदै ३७६ मिटर पेनस्टक पाइपमार्फत विद्युतगृहमा पुर्याइनेछ ।

विद्युतगृहमा जडान भएको ३ वटा टवाईनसँग जोडिएको जेनेरेटरमार्फत विद्युत उत्पादन गरिनेछ । आयोजनाको सबै काम पूरा गरेर २०८४ साल भदौभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजनाबाट वार्षिक १४५.७३४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादीत विद्युत ८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको बुर्तिवाङ सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

कम्पनीले २५ मेगावाटको माथिल्लो दोर्दी–ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । आयोजनाको काम पूरा भएपनि उत्पादीत विद्युत जोडिने लाइन प्राधिकरणले निर्माण पूरा नगर्दा जोडिन पाएको छैन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit