विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । केही दिनदेखि देशभर परिरहेको अवीरल वर्षाका कारण आएको बाढी र पहिरोले विद्युत प्रसारण तथा वितरण प्रणालीमा ठूलो क्षति पुर्याएको छ । लगातारको झरीले माटो गिलो भई खसेको पहिरोले ठाउँ ठाउँमा प्रसारण तथा वितरण लाइनका एक सय बढी विद्युतीय पोलहरू ढलेका छन् ।

बाढीले कारण नेपाल विद्युत प्राधिकरणका विभिन्न वितरण केन्द्र अन्तर्गत दर्जनौ ठाउँका वितरण तथा प्रसारण लाइनका पोलमा क्षति पुर्याएको छ । लगातारको वर्षासँगैको बाढीले  नेपालगन्ज प्रादेशिक कार्यलय अन्तर्गत आइतबार बिहानसम्ममा ६५ वढी विद्युतीयमा पोलमा क्षति पुगेको प्रमुख सुरज गौतमले बताए । 

उनले अहिले विद्युतीय पोलमा पुगेको क्षतिको विवरण संकलन गर्नुभन्दा पनि लाइन मर्मत गरेर विद्युत आपूर्ति सुचारु गर्ने कार्य भइरहेको बताए । बाढीले बर्दिया,रोल्पा, प्युठान र रुकुमपूर्व वितरण केन्द्रका विद्युतीय संरचनामा बढी क्षति पुगेको पनि गौतमले बताए । क्षति पुगेका केही पोलको पुनः प्रयोग गरिएको छ भने केही प्रयोग गर्न नमिल्ने गरी क्षतिग्रस्त भएका छन् । 

यस्तै, उदयपुर वितरण केन्द्र अन्तर्गत पनि ११ केभी वितरण लाइनका ८ वटा र हाइटेन्सन लाइनका लाइनका १३ वटा काठका पोल ढलेको केन्द्र प्रमुख रोशनकुमार सिंहले बताए । उनका अनुसार केही वितरण ट्रान्सर्फमरमा पनि बाढीले क्षति पुर्याएको छ । 

अहिले पोल र ट्रान्सफर्मर मर्मत गरेर विद्युत आपूर्ति सुचारु गरिएको सिंहले जानकारी दिए ।  यो वितरण केन्द्र अन्तर्गत ४४ हजार ग्राहक छन् ।
यसैगरी, लालबन्दी वितरण केन्द्र अन्तर्गतका २ वटा विद्युतीय पोलमा बढीले क्षति गरेको छ । विद्युतीय पोल क्षतिग्रस्त भई अवरुद्ध हुन पुगेको विद्युत

सेवा मर्मतपछि सुचारु भइसकेको केन्द्रले जनाएको छ । यो वितरण केन्द्र अन्तर्गत प्राधिकरणका ४५ हजार ८ सय ५५  ग्राहक छन् ।

गौशालामा वितरण केन्द्रमा भने अहिले त्यस्तो समस्या नभएको केन्द्र प्रमुख बिक्रम शाहले बताए । केन्द्र अन्तर्गतको रातो खोलामा पानीको बहाव बढेको छ । त्यसक्षेत्रमा समस्या आउन सक्छ भनेर पूर्व तयारी गरिएको शाहले बताए ।

नवलपरासीको परासी सबस्टेसन डुबानमा

लगातारको झरीले प्राधिकरणको परासी सबस्टेसनमा डुबेको छ । बाढीले डुबाउँदा सबस्टेसनमा जडान भएका उपकरणमा पानी पसेको प्राधिकरण परासी वितरण केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवले बताए । वितरण केन्द्रको कार्यालयमा पनि बाढी पसेको छ ।

उनका अनुसार अहिले सबस्टेसन सफा गर्ने काम भइरहेको छ । बिहीबार राती जराही खोलाको बाँध भत्किँदा परासी बजारसँगै सबस्टेसन पनि डुबानमा परेको उनले बताए । सबस्टेसन नै डुबेपछि वितरण केन्द्र अन्तर्गत हुने विद्युत आपूर्ति बन्द गरिएको थियो ।

अहिलेसम्ममा औद्योगिक बाहेक ९९ प्रतिशत घरायसी ग्राहकको विद्युत आपूर्ति सुचारु भइसकेको उनले बताए । सबस्टेसनमा पसेको पानी निकाल्ने काम पूरा भइनसकेकाले गण्डक पावर हाउस सबस्टेसन, बर्दघाट सबस्टेसन र सुनवल बजार क्षेत्रको फिडरबाट परासीका ग्राहकलाई विद्युत वितरण गरिएको श्रीवास्तवले बताए । यो वितरण केन्द्र अन्र्तगत प्राधिकरणका ४४ हजार बढी ग्राहक छन् ।

सबस्टेसन मर्मत गरेर सेवा सुचारु गर्न बढीमा एक साताको समय लाग्ने देखिएको छ । अहिले सबस्टेसनमा उपकरणको मर्मत संभारको काम भइरहेको छ । वितरण केन्द्र अन्तर्गत सबस्टेसनसँगै बाढी पहिरोले २० वटा बढी विद्युती पोल क्षतिग्रस्त बनेका छन् । बाढीले ५ वटा वितरण ट्रान्सफर्मरमा समेत क्षति पुर्याएको श्रीवास्तवले जानकारी दिए । 

 वितरण केन्द्रकाे कार्यलयका ४ वटा सवारी साधन पनि डुबानमा परेकाले सञ्चालन गर्न सकिएको छैन । कार्यालयको कम्प्युटर, रसीद, आवेदन फारम, ग्राहक बिल, रुटीनबिललगायत पुरै डुबेको वितरण केन्द्रले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit