विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत १७, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालमा थप १५ दिनसम्म चौबिसै घन्टा विद्युत् निर्यात गर्न अनुमति दिएको छ । यसअघि मार्च ३१ सम्म मात्रै चौबिसै घन्टा ६०० मेगावाट विद्युत् निर्यातको अनुमति दिएको थियो । नयाँ अनुमतिसँगै अब १ अप्रिलदेखि १५ सम्म थप १५ दिन उक्त परिमाणको विद्युत् चौबिसै घन्टा नेपालले आयात गर्न पाउने नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ ।

प्राधिकरणका अनुसार अप्रिल १६ देखि ३० सम्म भने दैनिक १६ घन्टा (बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म) मात्रै भारतले नेपालमा विद्युत् निर्यात गर्न पाउने छ । त्यस्तै १ मेदेखि ३० जुनसम्म समेत दैनिक १६ घन्टा (बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म) विद्युत् दिने भएको छ । 

त्यसपछि भने १ जुलाईदेखि ३१ अगस्टसम्म फेरि भारतले नेपालमा चौबिसै घन्टा ६०० मेगावाट विद्युत् निर्यात गर्न पाउने भएको छ । अनुमति अनुसार भारतीय पावर एक्सचेन्जमार्फत मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत उक्त परिमाणको विद्युत् नेपाल विद्युत् प्राधिकरणले आयात गर्न पाउने छ ।

हरेक वर्षको हिउँद (सुख्खायाम) मा नेपालमा विद्युत् उत्पादन कम हुने भएकोले प्राधिकरणले भारतबाट आयात गरेर आपूर्ति गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३