विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रुस र युक्रेन युद्धले त्यहाँ मात्र होइन दक्षिण एसियाली मुलुक पनि नराम्रोसँग प्रभावित भएका छन् । यी देशको अर्थतन्त्रमा विस्तारै नकारात्मक असरको मात्रा बढिरहेको छ । तेल, ग्यास जस्ता ऊर्जा जन्य स्रोतको आपूर्ति र विस्तार नहुँदा ऊर्जा संकटको खाडल भयावह हुँदै गएको छ ।

नेपालको अति निकट छिमेकी भारतले मात्र होइन नेपालले पनि ऊर्जा संकटको ठूलै सामना गरेको छ । भारतबाट आयातित विद्युत महँगो भएपछि आयातको परिमाण घटाइएको छ । यही कारण पुनः देशमा लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले केही दिनदेखि चितवन, सुनसरी, मोरङलगायत औद्योगिक क्षेत्रमा दैनिक १४ घन्टासम्म अघोषित लोडसेडिङ गरेको छ ।

औद्योगिक क्षेत्रले विद्युत कटौतीको तीव्र विरोध गरेका छन् । प्राधिकरणले महँगोमा ऊर्जा आयात गरेर समस्या समाधान गर्ने बताए पनि व्यवहारमा कार्यान्वयन गरेको छैन । विद्युत आपूर्तिको व्यवस्था असहज भइरहेको बेला ऊर्जा व्यवसायी तारा सुब्बाले आफ्नो सामाजिक सञ्जालमा कम ऊर्जा खपत गरेर सरकारलाई सहयोग गर्ने बताएका छन् । उनी झण्डै ३ दशकदेखि जलविद्युत सम्बन्धी उपकरणकाे व्यवसाय गर्दै आएका छन् । उपलब्ध ऊर्जा समानरूपमा वितरण होस् भन्दै आफ्नो फेसबुक स्ट्याटस लेखेका छन्–

(१) ऊर्जा संकट चुलिदै गर्दा ५०% बिजुली र इन्धन प्रयोग गर्न कम गरेर सरकारलाई सहयोग गर्नेछु ।

(२) उद्योगलाई लोडसेडिङ नहोस् तर मलाई लोडसेडिङ भए पनि गुनासो गर्नेछैन ।

(३) राष्ट्र निर्माणको कार्यमा सरकारलाई निरन्तर सहयोग गर्नेछु ।

(४) नेपालमै उत्पादित खाद्यान्न, फलफूल र तरकारी मात्रै उपभोग गर्ने प्रयास गर्नेछु ।

(५) नेपाली उत्पादनलाई प्राथमिकता दिनेछु ।

(६) साइकलमा यात्रा गर्ने कोसिस गर्नेछु ।

(७) अनावश्यक आयात र वैदेशिक व्यापार घाटा रोक्न सरकारलाई भरमग्दुर सहयोग गर्नेछु । 

(८) राष्ट्रिय आर्थिक संकट आइपरे मसँग जेजति सुन÷चाँदी छन् सबै सरकारलाई दिएर संकटमा सहयोग गर्नेछु ।

(९) सरकारको सुख दुःखमा साथ रहनेछु, सरकारसँग अनावश्यक शंका र गुनासो गर्नेछैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit