विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङस्थित २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको संरचनामा अर्को सातादेखि पानी भर्न सुरु गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले १३२ केभी कीर्तिपुर–उदिपुर प्रसारण लाइन पूरा गरेकाले आयोजनाबाट परीक्षण उत्पादन सुरु गर्न संरचनामा पानी भर्न लागिएको हो ।

आयोजनाको ‘ड्राइ टेष्ट’ भइसकेकाले अर्को सातादेखि ‘वेट टेष्ट’ सुरु गर्न संरचनामा पानी भर्ने तयारी भइरहेको प्रवद्र्धक रिबर्टी हाइड्रो इनर्जी कम्पनीका प्रबन्ध निर्देशक आत्माराम घिमिरेले बताए । ‘आयोजनाको संरचना र उपकरणको ड्राइ टेष्ट भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब बाँध, सुरुङ र पाइप लाइनमा पानी हालेर कुनै समस्या भए/नभएको हेर्छौंं ।’

उनले आयोजनाको परीक्षण गर्न इलेक्ट्रोमेकानिकल उपकरणको आयात तथा जडानकर्ता  कम्पनीका प्राविधिकलाई लमजुङ बोलाइसकेको बताए । उनीहरूलाई आयोजना स्थलसम्म पुर्याउन कोरोना (कोभिड–१९) परीक्षण गर्नुपर्ने हुँदा संरचनामा पानी भर्ने कामको थालनी गर्न एक साताको समय लाग्ने देखिएको उनले जानकारी दिए ।

सुरुमा संरचनामा पानी भरेर आन्तरिक परीक्षण गर्ने र यो सफल भएपछि विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरेपछि ग्रिडमा जोडिने कम्पनीले जनाएको छ । विद्युत प्रवाह हुने कीर्तिपुर–उदिपुर प्रसारण लाइन पूरा भइसके पनि २२० केभी उदिपुर–मार्कीचोक प्रसारण लाइन अझै पूरा भइसकेको छैन । प्रसारण लाइनको २ वटा टावर ठड्याउन तथा तार तान्न बाँकी छ । प्राधिकरणले टावर ठड्याउने र तार तान्ने काम जेठभित्र सम्पन्न गरेर सञ्चालनमा ल्याउने बताएको छ ।

विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता ९कनेक्सन एग्रिमेन्ट० हुँदा आयोजनाको विद्युत उदिपुर सबस्टेसनमा जोड्ने भनिएको थियो । उदिपुर सबस्टेसन बनिनसकेकाले अब यो आयोजनाको विद्युत किर्तीपुर सबस्टेसनमार्फत  २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन हुँदै मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको स्वीचयार्डमा लगेर जोडिने भएको छ ।

दोर्दी कोरिडोरमा निर्माणाधीन आयोजनाको विद्युत खेर जान नदिने उद्देश्यले उदिपुर–मार्कीचोक–भरतपुर खण्डको ६ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । २२० केभीको प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरेर तत्कालका दोर्दी कोरिडोरको विद्युत मध्यमर्स्याङ्दीको स्वीचयार्डमा पुर्याइने छ । उदिपुर सबस्टेसन सम्पन्न भइसकेपछि फेरि यही सबस्टेसनमा जोडिनेछ । 

प्राधिकरणले विद्युत उत्पादनका लागि असार मसान्तसम्मको समय दिएको घिमिरेले जानकारी दिए । आयोजनाबाट २०७६ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, प्रसारण लाइनको समस्याकै कारण आयोजनाको उत्पादन १५ महिना ढिलो गरी सुरु हुने तयारीमा छ ।

आयोजना सम्पन्न गर्न ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । आयोजना सञ्चालनमा आएपछि वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट विद्युत उत्पादन हुनेछ । विद्युत उत्पादन सुरु भएको पहिलो वर्षमा करिब ८० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

दोर्दी कोरिडोरमा माथिल्लो दोर्दी ‘ए’सँगै ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, १२ मेगावाटको दोर्दी–१, २७ मेगावाटको दोर्दी खोला लगायत आयोजना निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit