विद्युत अपडेट

  • प्राधिकरण : ९८११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १५८५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१९८ मे.वा.घन्टा
  • आयात : ९८२ मे.वा.घन्टा
  • निर्यात : १८८३१ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८८९७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३१३० मे.वा.
२०८३ असार १६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत मार्किचोक–भरतपुर खण्डको निर्माण कार्य सम्पन्न भएको जनाएको छ । युरोपियन लगानी बैंकको ऋण सहयोग तथा नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको उक्त प्रसारण लाइनलाई राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

प्राधिकरणका अनुसार तनहुँको मार्किचोकमा रहेको न्यू मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट (हाललाई एक सर्किट मात्र चार्ज हुने) प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर परीक्षण गर्न लागिएको हो । परीक्षण कार्य मंगलबारदेखि सुरु हुने र त्यसपश्चात प्रसारण लाइन स्थायी रूपमै सञ्चालनमा रहने प्राधिकरणले जनाएको छ । उक्त लाइनमा उच्च भोल्टेज अर्थात् २२० किलोभोल्ट विद्युत् प्रवाह हुने भएकाले आयोजनाले सर्वसाधारणको सुरक्षाका लागि सूचना जारी गर्दै सतर्कता अपनाउन आह्वान गरेको छ ।

प्रसारण लाइनको रुट अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २, ३, ४, ५, गोरखाको गोरखा नगरपालिका–१४ मा पर्ने याङकोट क्षेत्र र चितवनको भरतपुर महानगरपालिका–२९ मा पर्ने जुगेडी चौकिडाँडा क्षेत्र तथा इच्छाकामना गाउँपालिका– ६ मा पर्ने रिग्दीखोला क्षेत्र पर्दछन् । यी क्षेत्रका बासिन्दाहरूलाई प्रसारण लाइनका टावरहरूमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावरको वरिपरि नजान र गाईवस्तुहरूलाई जान नदिन सूचित गरिएको छ । साथै ‘खतरा’ सङ्केत जनाइएका विद्युतीय संरचनाहरूबाट बालबालिकाहरूलाई टाढै राखी सचेत गराउन समेत भनिएको छ ।

परीक्षणको क्रममा कतै झिल्का (स्पार्क) उत्पन्न भएमा वा अन्य कुनै खतरा देखिएमा तुरुन्त नजिकको प्रहरी चौकी वा प्राधिकरणको कार्यालयमा खबर गर्न समेत आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३