विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा विकास दशकको रोडम्याप तयार गर्न लागेको छ । आगामी १० वर्षभित्र ऊर्जा क्षेत्रमा फड्को मार्न यो रोडम्याप तयार गर्न लागिएको हो ।

हाल ऊर्जा विकास दशकको रोडम्याप बनाउन मन्त्रालयले शोध गरिरहेको ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले बताए । शुक्रबार (साउन १२ गते) अमेरिकन चेम्बरका प्रतिनिधि मण्डलसँग भेटघाटका क्रममा मन्त्री बस्नेतले आगामी १० वर्षलाई ‘ऊर्जा विकास दशक’ घोषणा गरी नेपालमा २० देखि २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने गरी योजना बनाउन लागिएको जानकारी दिए ।

‘उत्पादनसँगै प्रसारण लाइन र वितरण प्रणालीको विकासको योजना पनि रोडम्यापमा तयार गर्छौ, त्यसका लागि नीतिगत सुधार समेत गर्ने गरी अध्ययन भइरहेको छ,’ उनले भने, ‘ऊर्जा क्षेत्रका नीति सुधारका लागि इनोभेटिभ वित्तिय मोडालिटी अपनाइनेका लागि वैदेशिक प्रत्यक्ष लगानी र निजी क्षेत्रको थप संलग्नतालाई बढाउने तथा थप नीति निर्माण गर्नुका साथै उपलब्ध नीति नियमहरुको सुधार गरिनेछ ।’

नेपालमा पछिल्लो समय जलवायु परिवर्तनको प्रत्यक्ष रुपमा देखिने गरी असर पर्न थालेसँगै असरहरू बढिरहेको भन्दै त्यसका लागि पनि केही काम गर्नुपर्ने बताए । पर्यावरणीय समस्याहरूको दिर्घकालीन समाधानका लागि नवीनतम उपायहरू पत्ता लगाउनुपर्ने कुरामा जोड दिँदै बस्नेतले यो कुरा पनि मन्त्रालयको रोडम्यापमा समेटिने जानकारी दिए । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हासिल गर्नका लागि स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुल पुर्वाधारमा लगानी गर्नुपर्ने र पर्यावरणीय दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी ऊर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने रोडम्यापको लक्ष्य रहेको उनको भनाइ छ ।

त्यसैगरी, उर्जाको उपभोग देशभित्रै बढाउन नीतिगत व्यवस्था गर्ने बारे गृहकार्य पनि भइरहेको बताउँदै विद्युतीय सवारी साधन, सौर्य वत्ती, पानी तताउने सौर्य मेसिन, विद्युतीय चुलोजस्ता उपकरणलाई प्रोत्साहन गरेर पेट्रोलियम पदार्थको खपत घटाउन सकिने उनको जानकारी दिए ।

मन्त्री बस्नेतले मन्त्रालयले हरित ऊर्जा विकासमा प्रभावकारी नीतिगत व्यवस्था तर्जुमा गर्न जरुरी रहेको भन्दै पर्यावरणीय समस्याहरूको दीर्घकालीन समाधानका लागि नवीनतम उपायहरू पत्ता लगाउनुपर्नेमा बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३