images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युतीय सवारी साधनको फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री माननीय पम्फा भुसालले मंगलबार प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा निर्माण गरिएको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरेकी हुन् ।

आन्तरिकरूपमा विद्युत खपत बढाउने महत्त्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै मन्त्री भुसालले चार्जिङ स्टेसनको सञ्चालन ऊर्जा क्षेत्रमा एउटा क्रान्ति भएको बताइन् । ‘आन्तरिकरूपमा करिब २२ प्रतिशत विद्युत खपत बढेको छ, आफ्नै स्रोतबाट पानीबाट उत्पादित विद्युतको प्रयोगले पेट्रेलियम पदार्थ आयातमा खर्च भइरहेको पैसा हाम्रै देशमा रहन्छ,’ उनले भनिन्, ‘यसले व्यापारघाटालाई सम्बोधन गर्छ र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्छ ।

विगतमा लोडसेडिङको बेला विद्युतीय गाडीको प्रयोग सोच्न पनि नसकिने अवस्था रहेको उल्लेख गर्दै  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले आन्तरिकरूपमा विद्युत खपत बढाउन चार्जिङ स्टेसन सञ्चालनसम्म पुग्नु ठूलो क्रान्ति भएको बताए । ‘विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनका लागि सहुलियतदरको महसुल तोकिएको छ तर निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेसनले तोकिएभन्दा बढी महसुल लिएको र विद्युतीय गाडीले भाडादर पेट्रोलियम पदार्थबाट चल्ने गाडीकै लिने गरेको गुनासो आएको छ,’ उनले भने, ‘यसको हामी अनुगमन गर्छौं, तोकिएभन्दा बढी महसुल नलिन र सस्तो दरमा चार्ज हुने भएकोले भाडामा सहुलियत दिन आग्रह गर्दछु ।’

प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरू पर्ने ५१ स्थानमा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण भइहेको छ । त्यसमध्ये २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार  र २५ वटा  साना-ठूला कारहरू चार्ज गर्न मिल्ने रहेका छन् । 

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित तथा प्रस्तावित पेट्रोलपम्प र कार्यालयहरूका उपयुक्त स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । चार्ज गर्दा कारहरूमा औसत ७० पैसा, एसयुभिहरूमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरूमा १.२० रुपैयाँ प्रतिकिलोमिटर खर्च लाग्ने छ । नेपालमा उपलब्ध सवारीहरूमा रहेको व्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्ने प्राधिकरणले जनाएको छ ।

आन्तरिकरूपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधान प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गर्न लागिएको हो ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभिएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरू राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारीले एक साथ चार्ज गर्न सकिने छ ।

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीन (Wanbang Digital Energy Co.Ltd.,China) सँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो । एसियाली विकास बैक (एडिबी) को सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिएको हो ।
सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्नेछ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ । ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

चार्जिङ स्टेसन रहने स्थानहरू

सि.नं. चार्जर राख्ने स्थान जिल्ला जम्मा संख्या
१. बिर्तामोड बसपार्क झापा
२. दमक चार्जिङ केन्द्र झापा
३. विराटनगर बसपार्क माेरङ
४. इनरुवा बसपार्क सुनसरी
५. बेलका चार्जिङ केन्द्र उदयपुर
६. प्रहरी कल्याण कोष पेट्रोल पम्प, कदमाहा सप्तरी
७. हरिऔन रिफ्रेस सेन्टर सर्लाही
८. इलाका प्रहरी कार्यालय, निजगढ बारा
९. हेटौंडा चार्चिङ सेन्टर, रातामाटे मकवानपुर
१०. पारस बसपार्क चितवन
११. मुग्लिन पुल चितवन पुल
१२. इलाका प्रहरी कार्यालय, खानीखोला धादिङ
१३. साझा सेवा, बल्खु काठमाडाैं
१४.  साझा यातायात ललितपुर
१५. साझा सेवा, बनेपा काभ्रे
१६. नेपाल पुलिस क्लब काठमाडाैं
१७. नेपाल विद्युत प्राधिकरण काठमाडाैं
१८. लुम्बनी प्रदेश प्रहरी कार्यालय, बुटवल रुपन्देही
१९. इलाका प्रहरी कार्यालय, बर्दघाट नवलपरासी
२०. भैरहवा बसपार्क रुपन्देही
२१. इलाका प्रहरी कार्यालय, गोरुसिंगे कपिलवस्तु
२२. लमही नयाँ बसपार्क दाङ
२३. नेपाल एपिअफ स्कुल, काेहलपुर बाँके
२४. सशस्त्र प्रहरी बल, बैद्यनाथ बाहिनी कैलाली
२५. नयाँ बसपार्क सुर्खेत
२६. पर्यटक बसपार्क, पोखरा कास्की
२७. लेकसाइड कास्की
२८. बसपार्क र हावा घर नुवाकाेट
२९. सिन्धुलीगढी बसपार्क  सिन्धुली
३०. खुर्कोट रिफ्रेस सेन्टर सिन्धुली
३१. इलाका प्रहरी कार्यालय, वर्दिवास महोत्तरी
३२. सशस्त्र प्रहरी बल, शैलेश्वरी कञ्चनपुर
  जम्मा - ५१

स्राेत ः नेपाल विद्युत प्राधिकरण

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit