विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार ४, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत सम्बन्धी छाता कानुन (ऐन) निर्माणका लागि ‘जलस्रोत विधेयक, २०८३ लाई प्राथमिकताका साथ संसदमा लैजाने भएको छ । यसका लागि तयारी भइरहेको मन्त्रीको सचिवालयले जनाएको छ । 

देशको संघीय संरचनाको मर्मअनुरूप जलस्रोतको व्यवस्थापन र विकास गर्ने लक्ष्यसहित अघि बढाइएको यस ऐनले संघ, प्रदेश र स्थानीय तहबीच जलस्रोतको अधिकार, कर्तव्य र जिम्मेवारीलाई स्पष्ट रूपमा बाँडफाँट गर्ने व्यवस्था प्रस्ताव गरेको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रस्तावित विधेयकले जलस्रोतको बहुआयामिक उपयोग, संरक्षण, दिगो विकास र अन्तरपुस्ता न्यायलाई सुनिश्चित गर्नुका साथै पछिल्लो समय बढ्दै गएको जलजन्य विपद् न्यूनीकरणलाई समेत विशेष प्राथमिकता दिएको छ । 

यसैगरी, जलस्रोतको समग्र व्यवस्थापनमा एकीकृत तथा प्राज्ञिक दृष्टिकोण अवलम्बन गर्नका लागि जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप सशक्त, अधिकारसम्पन्न र प्रभावकारी बनाउने प्रस्ताव समेत यस ऐनमा गरिएको छ ।

मन्त्रालयले जलस्रोतको उचित उपयोग, संरक्षण र व्यवस्थापनबाट मात्रै देशको दिगो विकासको परिकल्पना पूरा हुन सक्नेमा जोड दिएको छ । विधेयक पारित भएर बन्ने ऐनको प्रभावकारी कार्यान्वयनमार्फत जलस्रोतलाई राष्ट्रको समृद्धिको मुख्य आधार बनाउने प्रतिबद्धता समेत मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३