विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशुली ३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरतहरूको खोजी तथा उद्धारका लागि एउटा टोली आयोजना क्षेत्रमा पुगेको छ । स्थलमार्गको सम्पर्क टुटेकोले टोली हेलिकप्टरमार्फत टोली क्षतिग्रस्त आयोजना स्थल पुगेको हो ।

आयोजना प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आनन्द ढुङ्‌गेलसहित कम्पनीका ३ जना र नेपाली सेनाका १६ जना गरी १९ जनाको उद्धार टोली आयोजनाको आवास तथा कार्यालय क्षेत्रमा खटिएको छ । हाल टोलीले उक्त क्षेत्रमा उत्खनन गरी उद्धार तथा खोज गर्ने तयारी गरिहेको सिइओ ढुङ्गेलले जाकारी दिए ।

यसअघि कम्पनीले आयोजना क्षेत्रबाट हराएका कर्मचारी तथा कामदार मध्ये ९१ जनाको उद्धार भएको तथा प्रयोगात्मक अभ्यासमा गएका विद्यार्थीसहित १२२ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३