विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले आउँदो जेठ ३२ गते नयाँ कार्यसमिति चयनका लागि चुनाव घोषणा गरेको छ । यस चुनावमा अघिल्लो अघिल्लो पटकजस्तै अध्यक्ष पदलाई आकर्षणको केन्द्रमा राखिएको छ, हुन पनि यो पद आकर्षण नै हुने गर्छ ।

साढे ३ दशकभन्दा बढी समयदेखि जलविद्युत विकासमा संलग्न हुँदै आएका इन्जिनियर किरण मल्लले उक्त चुनावमा आफूलाई अध्यक्षको दाबेदारको रूपमा उभ्याएका छन् । उनले आफू कसैको प्रतिस्पर्धी नरहेको र अनुभव एवम् विज्ञताका आधारमा ऊर्जा तथा जलविद्युत विकासमा निजी क्षेत्रको छाता संस्थालाई नेतृत्व गर्न सक्षम र सबल रहेको दाबी गर्दै आएका छन् ।

जलविद्युत क्षेत्रमा फिल्ड इन्जिनियरको रूपमा आफ्नो करियर सुरु गरेका मल्लले हिमाल हाइड्रो बुटवल पावर कम्पनी हुँदै हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनको नेतृत्व सम्हाल्न पुगेका छन् । आगामी ३ वर्षका लागि चयन हुने नेतृत्वमा रहेर निजी क्षेत्रमा मुद्दाहरू बोकेर सरकारी निकाय तथा सरोकारवाला निकायसँग समन्वय गरी समस्या समाधान गर्न सक्ने आफ्नो क्षमता रहेको उनको भनाइ छ ।

जलविद्युत विकासमा आफूलाई सधैं अब्बल व्यक्तिको रूपमा स्थापित गरिसकेका मल्लले अहिलेसम्म ३ दर्जन आयोजना निर्माणको नेतृत्व गरिसकेका छन् । उनले आफ्नो व्यवसायमा छोरी तथा छोरालाई पनि जोडिसकेका छन् । छोराछोरी व्यवसाय सम्हाल्ने हैसियतमा पुगिसकेको हुँदा अब आफू पूर्णतः निजी क्षेत्रका समस्या समाधान गर्ने ठाउँमा बसेर पर्याप्त समय दिन सक्ने उनले बताउँदै आएका छन् ।

मल्ल र उनको योगदान

सन् १९८८ मा भारतको रुड्की विश्वविद्यालयबाट जलविद्युत विकास र निर्माणमा इन्जिनियरिङ पास गरेपछि मल्लले आफ्नो व्यावसायिक जीवन सुरु गरेका थिए । अहिलेसम्म उनले साना, मझौला र ठूला गरी ५० भन्दा बढी आयोजनामा संलग्न रहेर काम गरिसकेका छन् । आयोजना अध्ययन, डिजाइन, परामर्श र निर्माणसम्मको अनुभव बटुलेको हुँदा आफूसँग निजी क्षेत्रका हरेक प्राविधिक र व्यवस्थापकीय समस्या समाधान गर्ने क्षमता रहेको उनको दाबी रहँदै आएको छ ।

मल्लले अहिलेसम्म हिमाल हाइड्रोले निर्माण गरेको २० मेगावाटको मोदी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको न्यादी, ४.५ मेगावाटको हिमाल दोलखा तथा कालंगा नदी बेसिनमा निर्माण सम्पन्न तथा निर्माणाधीन ३ आयोजनाहरू निर्माणको नेतृत्व गरिसकेका छन् । यसअघि ९.४ मेगावाटको आँधीखोला, ६० मेगावाटको खिम्ती लगायत दर्जनौं आयोजनामा मुख्य जिम्मेवारीमा रहेर काम गरिसकेको उनको अनुभव छ ।

पछिल्लो दशकमा आफ्नै नेतृत्वमा हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन कम्पनी स्थापना गरेर मल्लले जलविद्युत विकासमा आफूलाई समर्पित गरेका छन् । जुन कम्पनीले प्रत्यक्ष अप्रत्यक्ष रूपमा करिब २००० कर्मचारीलाई रोजगारी दिइरहेको जानकारी गराइएको छ ।

मिदिम खोला, युनियन हाइड्रो पावर लिमिटेडका कार्यकारी अध्यक्ष भई ३ मेगावाटको मिदिम खोलाको निर्माण सम्पन्न गरिसकेका मल्ल हाल युनियन मेवा हाइड्रो लिमिटेडका कार्यकारी अध्यक्ष छन् । अहिले उनको नेतृत्वमा २३ मेगावाटको मेवा निर्माणाधीन रहेको छ भने २९ मेगावाटको सोलु , ६० मेगावाटको तमोर निर्माण चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit