विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ताप्लेजुङ र पाँचथर जिल्लाको सीमा भएर बग्ने इवा खोलामा ४.७९५ मेगावाटको सुपर इवाखोला साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । कञ्चनजङ्घा हाइड्रो इनर्जी प्रालिले उक्त आयोजना निर्माणका लागि आवश्यक अनुमति माग्दै विद्युत् विकास विभागमा दरखास्त दिएको छ । प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आईईई) प्रतिवेदन तयार भइसकेको आयोजनाले उल्लेखनीय वातावरण प्रभाव पार्ने भए लिखित राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न आग्रह गर्दै विभागले बुधबार ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

विभागका अनुसार आयोजनाका बाँध क्षेत्रमा पर्ने सबै संरचना ताप्लेजुङको सिदिङ्गवा गाउँपालिका–१ र पाँचथरको याङवरक गाउँपालिका–२ मा निर्माण गरिने छ । त्यस्तै, आयोजनाको इन्टेक, ग्राभेल ट्र्याप, डिस्यान्डिङ बेसिन, प्रेसर पाइप, विद्युत् गृह र टेलरेस पाँचथरको याङ्बरक–२ मा निर्माण गरिने छ ।

नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको यो आयोजनाअन्तर्गत खोलाको पानी फर्काउन ३ मिटर अग्लो ११ मिटर लम्बाइको बाँध निर्माया गरिने छ । आयोजनाको विद्युत् गृहमा २ वटा उत्पादन युनिट रहने र प्रत्येक युनिटमा २.४४७ मेगावाट क्षमताका होरिजेन्टल एक्सिस फ्रान्सिस टर्वाइनहरूको प्रयोग गरिने आयोजनाले जनाएको छ ।

१६१ मिटरको ग्रस हेड पाइने आयोजनाले वार्षिक सरदर ३०.९६६ गिगावाट इनर्जी उत्पादन गर्ने र उक्त विद्युत् ऊर्जा ३३ केभीको २४ किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् प्राधिकरणको अमरपुर सबस्टेशनमा जोड्ने जनाएको छ । आयोजनाको निर्माण २०८३ सालभित्र सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३