विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २ हजार मेगावाट बढी विद्युत प्रवाह हुने २२०/१३२ केभी बोराङ–नौबिसे प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले बागमती प्रदेशको धादिङ जिल्लाको बोराङदेखि नौबिसेको रातमाटे सबस्टेसनसम्मको लाइन निर्माण गर्न लागेको हो ।

विद्युत विकास विभागले प्रसारण लाइन निर्माण गर्न नेपाल विद्युत प्राधिकरणको नाममा अनुमतिपत्र दिने तयारी गरेको छ । विभागले विद्युत ऐन, २०४९ को दफा ४ मा भएको व्यवस्थाअनुसार विद्युत नियमावली, २०५० को नियम १३ बमोजिम प्रसारण लाइन आयोजनाको अनुमतिपत्र दिन लागेको हो ।

विभागले ३५ दिने सूचना निकालेर प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका सम्बन्धमा सरोकारवालासँग लिखित राय /सुझाव मागेको छ । विभागले आफ्नो वा विद्युत प्राधिकरणको कार्यालयमा प्राप्त हुने गरी लिखित राय÷सुझाव पठाउन सम्बन्धित सरोकारवालासँग आग्रह गरेको छ ।

लाइन २ खण्डमा निर्माण गर्ने गरी प्रस्ताव गरिएको छ । पहिलो खण्ड जिल्लाको रुबीभ्याली गाउँपालिकामा प्रस्ताविात १३२/३३/११ केभी सबस्टेसनदेखि लापाङ विहारथोकसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ । यस्तै, दोस्रो खण्ड लापाङमा निर्माण हुने २२०/१३२/३३/११ केभी सबस्टेसनदेखि रातमाटे सबस्टेसनसम्म २२० केभी लाइन निर्माण गरिनेछ ।

बोराङ–लापाङ खण्ड पूरा भएपछि २२० मेगावाट र लापाङ–नौबिसे खण्ड पूरा भएपछि १ हजार ९ सय ३६ मेगावाट विद्युत प्रवाह हुने प्राधिकरणले जनाएको छ ।

करिब ४७.३४ किलोमिटर लामो विद्युत प्रसारण लाइन आयोजनाको १३२ केभी खण्ड (बोराङ–लापाङ) मा ७६ वटा र २२० केभी खण्ड (लापाङ–नौबिसे) खण्डमा ८१ वटा टावर निर्माण गरिनेछ । एक टावरदेखि अर्को टावरसम्मको दुरी ३ सय देखि ३ सय ५० मिटरसम्म हुनेछ । विद्युत प्राधिकरणले ठेक्का सम्झौता भएको मितिले ३ वर्षभित्र प्रसारण लाइन सम्पन्न गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit