विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बैशाखयता ३ सय मेगावाट बढीका जलविद्युत आयोजनाले अध्ययन अनुमति पाएका छन् । निजी ऊर्जा उत्पादकहरूले देशका विभिन्न ठाउँमा पहिचान गरेका उक्त आयोजनाले अध्ययन अनुमति पाएका हुन् ।

वैशाखदेखि साउनसम्ममा ३१९.८ मेगावाटका ८ आयोजनालाई अध्ययन अनुमति दिएको विद्युत विकास विभागले जनाएको छ । विभागका अनुसार अनुमति पाउनेमा ३ मेगावाटदेखि १०० मेगावाट सम्मका आयोजना रहेको छ ।

अनुमति पाएकामध्ये सबैभन्दा ठुलो १०० मेगावाटको जिली चुम्ली खोला जलविद्युत आयोजना रहेको छ । सक्क्षम हाइड्रो पावरले जेठ ४ गते अनुमति पाएको थियो । यसैगरी, ८० मेगावाटको सुपर चुवा खोला आंशिक जलाशय आयोजनाले पनि अनुमति पाएको छ । यो आयोजना जेठ २३ गते अनुमति पाएको हो । यस्तै, ७२ मेगावाटको तपोवान सेती आंशिक जलाशय बैशाख १० गते अनुमति पाएको थियो ।

१४.९ मेगावाटको दराउदी/मर्स्याङदी आंशिक जलाशय, ९.६ मेगावाटको अप्पर इखुवा खोला, ३० मेगावाटको घाटगंगा आंशिक जलाशय, ३.५ मेगावाटको फेदी खोला र ९.८ मेगावाटको लुजा खोला क्यास्केड जलविद्युत आयोजनाले अध्ययन अनुमति पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit