विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वाटर इनर्जी डेभलपमेन्ट प्रालिले १६ मेगावाटको माछा खोला जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । कम्पनीले गोरर्खाको धार्चे गाउँपालिमा पहिचान भएको आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन लागेको हो । 

जिल्लाको वडा नम्बर ३, ५ र ७ भई बग्ने माछा खोलामा पहिचान भएको आयोजनाको काम अघि बढाउन लागेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजनाको काम अघि बढाउन विद्युत् विभागमा आवेदन दिएको छ । विभागबाट  स्वीकृति प्राप्त भए लगतै आयोजनाको काम अघि बढाउने पनि कम्पनीले जानकारी दिएको छ । 

प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्रमा सरोकारवालाले कम्पनीको कार्यलय वा विभागमा आइपुग्ने गरी लिखित राय/सुझाव पेश गर्न आग्रश गरेको छ । 

नदी प्रवाहमा आधारित आयोजनाको डिजाइन वहाव ३.४ घनमिटर प्रति सेकेन्ड र कूल हेड ५६२.५० मिटर हुने अध्ययनले देखाएको छ । प्रस्तावित आयोजनाको मूख्य संरचनाहरु माछा खोलाकोे बायाँ किनारामा पर्दछन् । माछा खोलामा बाँध बाधी खोलाको बायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काई सो पानीलाई आयोजनाको मूख्य संरचनाहरू हुँदै विद्युत् गृहमा लगिनेछ ।

विद्युत गृहमा २ वटा ८२५० किलोवाट क्षमताको होरिजेन्टल एक्सिस पेल्टोन टर्वाइनहरूमा पानी खासली सो टवाईनसँग जोडिएको २ वटा ११ केभीको ३ फेज जेनेरेटर मार्फत विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक ९८.९५ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । 

ऊत्पादित विद्युत १३२ केभीको प्रसारण लाइन मार्फत २२ किलोमिटरको दूरीमा नेपाल विद्युत् प्राधिकरणको बोराङ्ग (झर्लाङग्) सबस्टेसनमा जोडिनेछ । प्रस्तावित आयोजनाको काम २०८४ भित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी–पहिरो, वायू प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit