विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले खिम्ती–ढल्केबर डबल सर्किट प्रसारण लाइन २२० केभीमा सञ्चालन गरेको छ । प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत ढल्केबर सबस्टेसनसम्म पुर्याउने प्रसारण लाइन बुधबार मध्यान्हदेखि सञ्चालन गरेको हो ।

निर्माण सुरु भएको १४ वर्षपछि प्रसारण लाइनको काम पूर्णरूपमा सम्पन्न भई सञ्चालनमा आएको आयोजना प्रमुख श्यामकुमार यादवले बताए । ‘यो नै प्राधिकरणले निर्माण सुरु गरेको पहिलो २२० केभी प्रसारण लाइन हो,’ उनले ऊर्जा खबरसँग भने, ‘विविध कारणले निर्माण प्रभावित हुँदा सञ्चालनमा आउन धेरै समय लाग्यो ।’ उनले प्रसारण लाइनको दोस्रो सर्किट सम्पन्न भएपछि प्रसारण लाइन सञ्चालन गरेको बताए ।

उनले केही दिनमै माथिल्लो तामाकोसी प्रणालीमा जोडिन लागेकाले प्रसारण लाइन चार्ज गरेर तयारी अवस्थामा राखिएको बताए । प्राधिकरणले विश्व बैंकको ऋण सहायतामा ७४ किलोमिटर प्रसारण लाइन निर्माण गरेको हो । 

तामाकोसीको विद्युत गोंगर–न्यू खिम्ती २२० केभी प्रसारण लाइन हुँदै न्यू खिम्ती सबस्टेसनसम्म आइपुग्नेछ । न्यूखिम्ती सबस्टेसनदेखि भने खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत ढल्केवर सबस्टेसनसम्म पुर्याइनेछ । 

विद्युतगृहदेखि न्यूखिम्ती सबस्टेसनसम्म २२० केभी प्रसारण लाइन माथिल्लो तामाकोसीको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले नै निर्माण गरिसकेको छ । न्यूखिम्ती सबस्टेसनमा अन्तिम चरणको काम भइरहेको छ । तामाकोसीबाट अबको ४ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने अन्तिम तयारी भइरहेको छ ।

खिम्ती–ढल्ककेबर प्रसारण लाइन हुँदै ढल्केबर सबस्टेसन पुगेको तामाकोसीको विद्युत त्यहाँबाट १३२ केभी प्रसारण लाइनमार्फत काठमाडौंसम्म ल्याउन सकिनेछ । यो प्रसारण लाइन सञ्चालनमा आएसँगै ८ सय मेगावाट हाराहारीमा विद्युत प्रवाह गर्न सकिने यादवले बताए । प्राधिकरणले सन् २००७ मा यो प्रसारण लाइनको निर्माण सुरु गरेको थियो । 

सरकार र विश्व बैंकको लगानी रहेको प्रसारण लाइन १ अर्ब रुपैयाँ लागतमा निर्माण पूरा भई सञ्चालनमा आएको हो । यो प्रसारण लाइन तयार हुँदा दोलखा, रामेछापलगायत जिल्लाका जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न सकिनेछ । 

निर्माण अवधिमा सिन्धुलीका स्थानीयले मुआब्जा विवाद झिकेर वर्षौंसम्म काम रोकेकाले सम्पन्न हुन समय लागेको थियो । स्थानीयसँगको विवाद समाधान गरी प्रसारण लाइनको निर्माण सम्पन्न गरिएको थियो ।
 


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit