विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्थानीयलाई ऐलानी जग्गाको मुआब्जा दिएर १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको अवरोध हटाइने भएको छ । उदयपुरको कटारी–४, मरुवाका स्थानीयले ३ वर्षदेखि प्रसारण लाइनको काम रोकेकाले अब ऐलानी जग्गाको मुआब्जा दिएर निर्माण सुचारु गराउन लागिएको हो ।

यस क्षेत्रमा स्थानीयले ऐलानी जग्गाको मुआब्जा माग्दै प्रसारण लाइनको १० वटा टावर निर्माण गर्न दिएका छैनन् । ऐलानी जग्गाको मुआब्जा वितरणका सम्बन्धमा आगामी माघ ५ गते कटारीमा स्थानीयसँग छलफल कार्यक्रम राखिएको आयोजना प्रमुख जनार्दन गौतमले बताए । 

‘मरुवामा सुरुवातबाट नै काम हुन पाएको छैन । धेरै पटकको प्रयासपछि पनि स्थानीयले काम अघि बढाउन दिएनन्,’ उनले ऊर्जा खबरसँग भने, ‘लाइनको अवरोध नहट्दा सोलु कोरिडोरका आयोजनाको विद्युत खेर जाने अवस्था आइसक्यो । अब ऐलानी जग्गाको मुआब्जा दिएर अवरोध हटाउने सहमति बन्दै गएको छ ।’

उनले ५ गतेको भेलाबाट प्रसारण लाइनको अवरोध हटाउने सहमति बनेपछि १ वर्षभित्र प्रसारण लाइन सम्पन्न गर्न सकिने बताए । स्थानीयको अवरोध नभएको स्थानमा धमाधम काम भइरहेको पनि गौतमले बताए ।

अहिलेसम्म प्रसारण लाइन ९८ प्रतिशत निर्माण पूरा पूरा भएको छ । प्रसारण ९० किलोमिटर लामो प्रसारण लाइनका ३ सय २ मध्ये २ सय ९२ वटा टावरको फाउन्डेसन (जग) तयार भइसकेको छ । २ सय ८७ वटा टावर खडा गरिएको छ । ६४ किलोमिटरमा तार तानेर सकिएको छ । 

यो प्रसारण लाइन गत वर्ष नै सम्पन्न भई सञ्चालनमा आउने पर्ने भए पनि वन क्षेत्रको रुख कटान, स्थानीय अवरोध, कोरोना (कोभिड–१९) महामारीलगायत कारणले निर्माण प्रभावित हुँदै आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणले सोलु कोरिडोरमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने गरी यो प्रसारण लाइन निर्माण गरिरहेको हो ।

भारतीय एक्जिम बैंकको ऋण लगानी रहेको प्रसारण लाइन २ अर्ब ९० करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य छ । प्रसारण लाइनले सिराहा, उदयपुर, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लालाई छोएको छ ।

विविध कारणले प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदा साढे २३ मेगावाटको सोलु जलविद्युत आयोजनाको विद्युत ९ महिनादेखि खेर गइरहेको छ । यो आयोजनाको १७ मेगावाट विद्युत खेर गइरहेको छ ।

निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु, १९.८ मेगावाटको माथिल्लो सोलु, ५.२  मेगावाटको जुनबेंसीको विद्युत उत्पादन पनि धकेलिएको छ । ८६ मेगावाटको सोलु दुधकोसी पनि निर्माणाधीन छ । प्रसारण लाइन निर्माणमा भइरहेको ढिलाइका कारण यी आयोजनाको निर्माण गति सुस्त भएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit