विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा उत्पादनमा कोइलामाथिको परनिर्भरता घटाउन भारतले नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउँदै लगेको छ । एक वर्षभित्रमा नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन हुने विद्युतको जडित क्षमता १ लाख ७५ हजार मेगावाट पुर्याउने लक्ष्य निर्धारण गरी यो क्षेत्रमा लगानी बढाउँदै लगेको हो ।

ठूला जलविद्युतसहित अहिले ६३ हजार ६ सय ४० मेगावाटका नवीकरणीय ऊर्जाका विद्युत आयोजना निर्माणको विभिन्न चरणमा रहेको भारतीय ऊर्जा मन्त्री आरके सिंहले राज्यसभामा दिएको लिखित तथ्यांकमा उल्लेख गरिएको गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । ३२ हजार मेगावाटका विद्युत आयोजना निर्माणमा जाने चरणमा पुगेका छन् । 

सिंहका अनुसार सन् २०२२ भित्र सौर्य विद्युत आयोजनाको उत्पादनको जडित क्षमता मात्रै १ लाख मेगावाट पुर्याउने महत्त्वकांक्षी लक्ष्यसहित नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी गरिएको छ । निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन सौर्य विद्युत आयोजनाको जडित क्षमता १ लाख ७ हजार मेगावाट नाघिसकेको उनले दिएको लिखित जवाफमा जनाइएको छ ।

अहिले भारतको सौर्य विद्युतको जडित क्षमता ४६ हजार २ सय ५० मेगावाट छ । यो तथ्यांकमा सन् २०२१ को अक्टोबर महिनासम्मको हो । ‘सौर्य ऊर्जा प्रविधि जडान गरी ४६ हजार मेगावाट बढी विद्युत प्रणालीमा आइसकेको छ,’ उनले भने, ‘३६ हजार ६ सय ५० मेगावाटका सौर्य विद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् ।’ उनले थप २४ हजार ५ सय ६० मेगावाटका सौर्य विद्युत आयोजना ठेक्का प्रक्रिया पूरा भई निर्माणमा जाने चरणमा छन् ।

भारतले चालू आर्थिक वर्षको अक्टोबरसम्ममा सौर्य विद्युत आयोजनाबाट ७ हजार ५ सय ५५ मेगावाट विद्युत प्रसारण प्रणालीमा जोडेको छ । यसअघि आर्थिक वर्ष २०२०–२१ मा ७ हजार ८ सय ६६ मेगावाट र २०१९–२० मा ९ हजार ६१ मेगावाट नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादित विद्युत प्रसारण प्रणालीमा थपेको थियो ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणको विद्युत योजनाअनुसार चालू आर्थिक वर्षभित्र कूल मागको २० प्रतिशत विद्युत नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन हुनुपर्नेछ । सन् २०२६ सम्ममा यो परिमाणलाई बढाएर २४ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । 

भारतको कूल ऊर्जा उत्पादनको ७० प्रतिशत विद्युत कोइलामा आधारित थर्मल प्लान्टबाट उत्पादन हुँदै आएको छ । कोइलामा आधारित थर्मल प्लान्टबाट अधिक कार्बन उत्सर्जन गर्ने देशीको सूचीमा परेको भारतलाई यो परिमाण घटाउँदै लैजानु पर्ने चुनौती छ । 

भारतले हालै, स्टकल्याण्डमा सम्पन्न जलवायु सम्मेलनमा सन् २०७० भित्र कार्बन उत्सर्जनलाई शून्यमा सार्ने प्रतिबद्धता जनाइसकेको छ । यस कारण पनि उसलाई नवीकरणीय ऊर्जा उत्पादन बढाउँदै लैजानु पर्ने बाध्यता छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit