विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले पश्चिममा अघि बढाउनका लागेको ४०० केभी डबल सर्किट क्षमताको प्रसारण लाइन बनाउन तीन कम्पनीले प्रस्ताव पेस गरेका छन् । फूकोट–बेतान–दोधारा प्रसारण लाइन बनाउन चीन र भारतका गरि तीन विदेशी कम्पनीले प्रस्ताव पेस गरेका हुन् ।

लाइन निर्माण गर्न एक चाइनिज र दुई भारतीय कम्पनीले प्रस्ताव पेस गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चाइना इलेक्ट्रिक पावर इक्विपमेन्ट एन्ड टेक्नोलोजी कम्पनी लिमिटेड, कल्पतरु पावर ट्रान्समिसन लिमिटेड भारत र ट्रान्सरेल लाइटिङ लिमिटेड भारतले प्रसारण लाइन बनाउन प्रस्ताव गरेका हुन ।

मंसिर २३ गते (शुक्रबार) आर्थिक प्रस्ताव खोलिने ग्रीड कम्पनीले जनाएको छ । त्यसमध्य सारभूत रुपमा प्रभाग्राही न्यूनतम मूल्यअंकित बोलपत्रदाताले सो प्रसारण लाइन बनाउने जिम्मेवारी पाउनेछ ।

प्रस्तावित प्रसारण लाइनबाट न्यूनतम २५०० देखि २६४७ मेगावाटसम्म बिजुली प्रवाह हुनेछ । नेपालमा बन्न लागेको हालसम्मकै सबैभन्दा ठूलो प्रसारण लाइन हो । यो लाइन पहिलो खण्ड फुकोट–बेतन र दोस्रो खण्ड बेतन–दोदोधारा निर्माण हुनेछ ।

२५०० मेगावाट बिजुली प्रवाह हुने फुकोटदेखि बेतनसम्म ४०० केभी डबल सर्किट लाइन कालिकोटको खाँडाचक्र गाउँपालिमा रहने फुकोट सबस्टेसनदेखि सुर्खेतको चौकुना गाउँपालिकामा रहने बेतन सबस्टेसनसम्म ५५ किलोमिटर लामो निर्माण हुनेछ । १९४ वटा स्टिल टावर रहने लाइनको काम २०८३ मंसिरसम्म सक्ने लक्ष्य छ ।

समुन्द्री सतहबाट टावरको अधिकतम उचाई १८४२.८४२ मिटर र न्यूनतम उचाई ५३७.९९६ मिटर हुनेछ । तर टावर बीचको दुरी ४८.५३ देखि ९७५.८ मिटर हुनेछ । आयोजना निर्माणको लागि कूल २५८.५५ हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमध्ये एपी टावर निर्माण लागि  १७.४६ हेक्टर, सब–स्टेसनको लागि १०.९७  हेक्टर,  विद्युत प्रवाह मार्गको अधिकार क्षेत्रका लागि २२९.८२२ हेक्टर र अस्थायी जग्गाको लागि ०.३ हेक्टर जग्गा आवश्यक पर्नेछ ।

यस्तै, बेतनदेखि दोधारासम्म ३९ किलोमिटर लामो ४०० केभी डबल सर्किट लाइन बनाउन लागेको हो । जसअनुसार सुर्खेतको चौकुना गाउँपालिकामा प्रस्तावित बेतन सबस्टेसनदेखि कैलालीको बर्दगोरिया गाउँपालिकामा दोधारा सबस्टेसनसम्म निर्माण हुनेछ ।

१२० वटा स्टिल टावर रहने गरी प्रस्ताव गरिएको लाइन २०८३ कात्तिकभित्र सम्पन्न गर्नुपर्ने कम्पनीले जनाएको छ । समुन्द्री सतहबाट टावरको अधिकतम उचाई १४२७.५८ मिटर र न्यूनतम उचाई १८६.२४ मिटर हुनेछ । तर टावरहररू बीचको भने दुरी ६४.९५६ मिटर देखी १३४१.६१ मिटर हुनेछ । 

आयोजना निर्माणको लागि कूल १६९.३३ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमध्ये एपी टावर निर्माणको लागि १०.८ हेक्टर, विद्युत मार्गको अधिकार क्षेत्रको लागि १५८.२३ हेक्टर र अस्थायी जग्गाको लागि ०.३ हेक्टर जग्गा प्रयोग गरिनेछ । प्रसारण ग्रीड नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी हो । कम्पनीले ठूला प्रसारण लाइन बनाउने जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit