विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
‘लोडसेडिङको कुरा बिर्सौं, थपीथपी बिजुली प्रयोग गर्ने दिन आयो’

काठमाडौं । पछिल्ला केही दिन यता उपत्यका लगायत देशका विभिन्न ठाउँमा भएको विद्युत् कटौतीलाई लोडसेडिङसँग नजोडिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले आग्रह गरेको छ ।

प्राविधिक कारणले छोटो समयमात्र विद्युत् आपूर्ति बन्द हुँदा विभिन्न सामाजिक सञ्जालमा लोडसेडिङ हुन लागेको हल्ला हुन थालेपछि सरकारले त्यसमा सत्यता नरहेको पनि प्रस्ट्याएको छ । चिसो बढेसँगै एक्कासी बढेको विद्युत् मागका कारण प्रसारण तथा वितरण प्रणाली ओभरलोड हुँदा त्यसको सन्तुलन मिलाउन केही मिनेटमात्र लाइन आपूर्ति अवरुद्ध हुन गएको ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले बताए ।

‘पछिल्लो समय प्रयोग भइरहेको लोडसेडिङ भन्ने शब्दावलीले माग र आपूर्तिको अवस्था बिग्रँदै गएको हो कि भन्ने शंका बढाएको छ,’ उनले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यस्तो कदापि हुन सक्दैन, भएको होन । अब त झन् पर्याप्त उत्पादन भएकाले भरपुर बिजुली प्रयोग गर्नुपर्ने दिन आएको छ ।’

माग र आपूर्तिको सन्तुलन राम्रोसँग मिलेको हुँदा यसमा शंका नगर्न उनले सर्वसाधारण तथा उपभोक्तालाई आग्रह गरेका छन् । ‘एक ठाउँमा विद्युत् काटेर अन्यत्र दिन थालिएको होइन, आज विद्युत् नियमति उपभोगको वस्तु बनेर आएको छ,’ उनले जोड दिए, ‘यसैले आपूर्तिमा थोरै समय पनि अवरोध हुँदा किन लाइन गयो भन्नु स्वभाविक हो ।’

बिजुली दैनिक उपभोग्य वस्तु जस्तै बनेकाले यसप्रति सर्वसाधारण उपभोक्ता संवेदनशील हुँदै गएको पनि घिमिरेले उल्लेख गरे । उपभोक्ता संवेदनशील हुँदै गएपछि विद्युत् आपूर्तिलाई दिगो, भरपर्दो र गुणस्तरीय बनाउने जिम्मेवारी प्राधिकरणको रहेको उनले बताए । आपूर्तिलाई चुस्त दुरुस्त बनाउन पनि उनले प्राधिकरणलाई निर्देशन दिए ।

पुस १३ र १४ गते उपत्यकामा लोड (माग) बढेका कारण वितरण लाइनमा चाप परेर केही समय आपूर्ति रोकिन गएको प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘एकीकृत राष्ट्रिय विद्युत् प्रणालीमा सामान्य खराबी आउँदा माग (लोड) तलमाथि हुन गएर आपूर्तिमा समस्या आयो,’ उनले भने, ‘समस्या समाधान भइसकेको छ, अब त्यस्तो घटना दोहोरिन नदिन हामी सचेत र सजग छौं ।’

उत्पन्न प्राविधिक समस्या समाधान गर्न प्राधिकरणको टिम सक्षम रहेको हुँदा लोडसेडिङ हुन लाग्यो भन्ने शंका गरेर आत्तिनुनपर्ने शाक्यले बताए । ‘तुलनात्मक रूपमा गत वर्ष यही समयको तुलनामा उपत्यकामा प्राविधिक कारणले हुने विद्युत् कटौतीको समय कम छ । यसो हुनु प्रणालीमा सुधार भइरहेको छ भन्ने हो,’ उनले भने ।

शाक्यका अनुसार गत वर्ष (२०७६) साउनदेखि पुससम्म उपत्यकामा २२ पटकसम्म प्रणाली ट्रिप (अवरोध) भएकोमा चालू वर्ष सोही समयमा १० पटकमात्र समस्या आएको छ । वितरण प्रणाली मर्मत, सुधार तथा स्तरोन्नती भइरहेकाले नतिजा गत वर्ष भन्दा राम्रो देखिएको पनि उनले दाबी गरे ।
भार प्रेषण केन्द्रका अनुसार गत वर्ष मंसिरमा बालाजु सबस्टेसनमा प्राविधिक कारणले ५४ घन्टा लाइन काटिएको थियो । चालू वर्ष सोही अवधिमा ४९ घन्टा काटिएको छ । यस्तै, सोही महिनामा गत वर्ष बानेश्वरमा घन्टा, लैनचौर सबस्टेसनमा १७ घन्टा र टेकु सबस्टेसनमा १२ घन्टा लाइन काटिएको थियो ।

चालू वर्षको सोही महिनामा बानेश्वर सबस्टेसनमा १९ घन्टा, लैनचौर सबस्टेसनमा ४.२५ घन्टा र टेकु सबस्टेसनमा ६ घन्टा मात्र लाइन काटिएको छ । प्राविधिक कारणले गत वर्ष भन्दा चालू वर्ष लाइन काटिने दरमा कमी आएको हुँदा प्रणाली सुधार भइरहेको देखाउँछ । यसलाई आगामी दिनमा अझ चुस्त बनाउँदै लैजाने शाक्यले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit