विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडले रसुवामा निर्माण गरिरहेको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको पहिलो युनिटबाट आगामी तीन महिनाभित्र विद्युत उत्पादन सुरु गर्ने भएको छ । निर्माण अन्तिम चरणमा पुगेको हुँदा २०८० असारभित्र उत्पादन सुरु गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ को सिमाना हुँदै बहने भोटेकोसी नदिमा निर्माणाधीन आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत पूरा भएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले बताए । आयोजनाको बाँकी सबै काम पूरा गरेर आगामी असारभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ ।

निर्माण पूरा भएपछि आयोजनाको विद्युत जोडिने लाइन, चिलिमे हब र त्रिशूली ३ ‘बी’ हब सबस्टेसनको काम भइरहेको छ । ‘जलविद्युत आयोजनाको काम निर्धारित तालिकाभित्र नै सम्पन्न हुन्छ’, उनले ऊर्जा खबरसँग भने, ‘तर, विद्युत जोेडिने लाइन र सबस्टेसन निर्माणमा भइरहेको ढिलाईका कारण विद्युत खेर जाने अवस्था आउन सक्ने देखिएको छ ।’

तिव्र गतिमा अघि बढेको आयोजनाको अहिले हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम भइरहेको छ । इलेक्ट्रो मेकानिकलको ठेक्का पाएको भारतीय कम्पनी भोइथ हाइड्रोले विद्युतगृहमा इलेक्ट्रो मेकानिकल उपकरण जडान गरिरहेको छ । कोरोनाकालमा इलेक्ट्रो मेकानिकलतर्फको काम रोकिँदा आयोजनाको विद्युत उत्पादनको तालिका प्रभावित हुन पुगेको थियो ।

यस्तै, हाइड्रो मेकानिकलतर्फको उपकरण जडान कार्य पनि भइरहेको छ । सिभिल तथा हाइड्रो मेकानिकलको काम चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक क्रप, चाइनाले गरिरहेको छ ।

आयोजनाबाट यसअघि नै विद्युत उत्पादन  सुरु गर्ने तालिका भएपनि  २०७२ सालको विनासकारी भुकम्प,  नाकाबन्दी, वर्षायाममा आयोजना क्षेत्रमा आएको बाढी, पहुँचमार्गमा निरन्तर गएको पहिरो, विश्वव्यापी रूपमा  फैलिएको कोरोना महामारीले गर्दा उत्पादन तालिका लम्बिँदै गएको कम्पनीले जनाएको छ ।

कम्पनीको पछिल्लो तालिका अनुसार आयोजनाबाट २०७८ असारभित्र सम्पन्न गर्ने लक्ष्य थियो । २०७७ सालको बर्खामा प्रक्षेपित विद्युत उत्पादन तालिका भन्दा अघि आएको बाढीले बाँधस्थलका संरचनामा क्षति पुग्दा निर्माण प्रभावित भएको थियो ।

कम्पनीको नयाँ तालिका अनुसार आयोजनाबाट साढे ३ महिनाभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । यो अवधिभित्र निर्माण सम्पन्न गर्न ब्याज बाहेक १७ अर्ब १ करोड रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ ।

लाइनको काम रोयल कन्स्ट्रक्सन कम्पनी प्रालिले गरिरहेको छ  । यसअघि लाइन निर्माणको ठेक्का ठेकेदार मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रा.लि.ले पाएको थियो । ठेकेदारको कमजोर कार्यसम्पादनका कारण लाइनको निर्माण सुस्त गतिमा अघि बढेकोले सम्झौता रद्द गरी नयाँ ठेक्का गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit