विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकस्थित ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको आन्तरिक परीक्षण भइरहेको छ । आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नुअघि संरचनाको परीक्षण भइरहेको हो ।

आयोजनाको सबै संरचनामा पानी भरेर परीक्षण गर्ने कार्य भइरहेको प्रवर्द्धक बलेफी हाइड्रो पावर कम्पनीका सञ्चालक उमेश कसजुले बताए ।‘संरचनाको अवस्था ठिक छ कि छैन भनेर परीक्षण गरिरहेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘परीक्षण सकिएपछि आयोजनाबाट विद्युत उत्पादन सुरु हुन्छ ।’

उनले केही दिनमै परीक्षणको चरण पूरा गरेर विद्युत उत्पादनको तयारी गरिने बताए । आयोजनबाट २ सातासम्म परीक्षण उत्पादन गरेर नेपाल विद्युत प्राधिकरणलाई दिनेछ ।

आयोजना सञ्चालनमा आउँदा उत्पादन हुने विद्युत विद्युतगृहदेखि २२ किलोमिटर दुरीमा रहेको लामोसाँघु सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युतगृहमा १२ मेगावाट क्षमताका ३ वटा उत्पादन युनिट छन् । आयोजनाको विद्युत दशैअघि नै प्रसारण प्रणालीमा जोड्ने योजना अनुसार काम गरिरहेकोमा गत असारमा सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोको अवरोधले उत्पादन लम्बिएको हो ।  

यसअघि आयोजनाबाट २०७८ साल जेठदेखि नै विद्युत उत्पादन गर्ने लक्ष्य थियो । यही समयमा कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरको समयमा  लगाइएको निशेधाज्ञाका कारण निर्माण सामाग्री तथा उपकरण ढुवानीमा भएको समस्या एवं केही कामदार र कर्मचारी कोरोना संक्रमित भएपछि निर्माण प्रभावित हुँदा तालिका असोजमा सारिएको थियो ।

यो आयोजना सम्पन्न हुँदा ७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा ३० प्रतिशत ऋण र ७० प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा ५ बैंकले ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit