विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सेती हाइड्रो पावर प्रालिले कास्कीको मुसेतोडामा निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनाको काम ६२ प्रतिशत पूरा भएको छ । पोखरा महनागरपालिका वडा नम्बर ३३ मा निर्माणाधीन आयोजनाकाे काम एक वर्षभित्र पूरा गर्ने गरी तीव्रता दिइएकाे छ ।

अहिले बाँध, विद्युत्गृह सुरुङ लगायत सबै भागको काम एकसाथ भइरहेको आयोजना प्रमुख उज्वल रेग्मीले बताए । ‘अस्थायी बाँध (कफर ड्याम) निर्माण गरी खोला फर्काउने काम, डिस्यान्डर र फ्लसिङ क्यानलको निर्माण सकिएको छ,’ उनले ऊर्जा खबरसँग भने ।

आयोजनाको मुख्य सुरुङ ३१०५ मिटर र पेनस्टक पाइप लाइन १ किलोमिटर छ । सुरुङको काम ८० प्रतिशत पुरा भइसकेको छ, भने पेनस्टक पाइप बिछ्याउनका लागि खन्ने काम सकिएको छ । पाइप बिछ्याउने काम पनि ३० प्रतिशत बढी सकिएको रेग्मीले बताए । 

आयोजना सम्पूर्ण काम पूरा गर्न ५ अर्ब ५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७५ प्रतिशत ऋण लगानी र २५ प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाईमा नबिल बैंक र नेपाल पूर्वाधार विकास बैंकको लगानी रहेको छ । स्वपुँजीमध्ये डोल्मा इम्प्याक्ट फण्ड–२ ले ४९ प्रतिशत, सर्वसाधारणले ३० प्रतिशत र बाँकी संस्थापकहरूको लगानी छ ।

आयोजनाको सबै काम पूरा गरेर २०८१ मंसिरभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको पनि रेग्मीले जानकारी दिए । आयोजनाबाट वार्षिक १३३.४३२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । उत्पादित विद्युत १.५ किलोमिटर प्रसारण लाइनमार्फत लेखनाथ–दमौली १३२ केभीमा ‘लुप इन लुप आउट’ प्रविधिमा जडान हुनेछ ।

आयोजनाको संरचनाहरू हेडवर्क, सेटलिंग बेसिन, हेडरेस सुरुङ, सर्ज ट्यांक, पेनस्टक पाइप, विद्युतगृह, टेलरेस र स्विचयार्ड छन् । आयोजनाको बाँध पृथ्वी राजमार्गको गगनगौडादेखि २ किलोमिटर दूरीमा अवस्थित छ ।

आयोजनाको थप विवरण

आयोजना : सेती खाेला जलविद्युत् 

क्षमता : २२ मेगावाट

प्रवर्द्धक : सेती हाइड्रो पावर प्रा.लि

आयोजनास्थल : कास्की

लागत : ५ अर्ब ५ करोड रुपैयाँ

ऋण लगानी : ७५ प्रतिशत (२५ प्रतिशत स्वपुँजी)

वार्षिक विद्युत उत्पादन : १३३.४३२ गिगावाट घण्टा 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit