विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एनएमबी बैंकद्वारा विभिन्न कारणले जोखिममा परेका महिलाहरूलाई उद्धार तथा सशक्तिकरण गर्दै आएको गैरसरकारी संस्था ‘छोरी’मा आवद्ध दिदीबहिनीहरूलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संस्थाका ५५ जना महिलाहरूको उपस्थिति रहेको थियो ।

बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्तकार्यक्रमा उपस्थित दिदीबहिनीहरूलाई उत्प्रेरणाका साथैै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य सेवाहरूको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।

विगत वर्षहरूदेखि नै महिला उद्यमशील सहुलियत कर्जा लगानीमा अग्रणी रहेको बैंकले महिला सशक्तिकरणको लागि विभिन्न समयमा विभिन्न समूहलक्षित वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ । संस्थाका दिदीबहिनीहरूका लागि गरिएको यस कार्यक्रमले उनीहरूमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ पुग्ने विश्वास लिइएको छ । बैंक र संस्था दुवैले भविष्यमा पनि यस्ता सम्भावित कार्यक्रममा सहकार्य गर्ने जानकारी दिइएको छ ।

बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा नेपालकै उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । उसले देशभर २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit