विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । भारतको अडानी समूहले निर्माण गरेको विश्व कै ठूलो ‘नवीकरणीय ऊर्जा पार्क’ बाट विद्युत् उत्पादन सुरु भएको छ । समूहको ग्रिन इनर्जी लिमिटेडमार्फत पाकिस्तानसँगको सीमा जोडिएको गुजराजको ‘कज’ मरुभूमिमा निर्माण भएको पार्क सञ्चालनमा आएको हो ।

गुजरात ‘कज’ मरुभूमिमा रहेको पार्कबाट उत्पादीत ५५१ मेगावाट सौर्य विद्युत् राष्ट्रिय ग्रिडमा जोडिएको अडानी समूहले जानकारी दिएको छ । समूहले प्लान्ट निर्माण सुरु गरेको एक वर्षमा सम्पन्न गरेको जनाइएको छ । अडानी समूहका अनुसार यो पार्क पुरै सम्पन्न भएपछि ३० गिगावाट विद्युत् उत्पादन हुनेछ । पुरै पार्क निर्माण सम्पन्न गर्न ५ वर्ष लाग्नेछ ।

अडानी समूहका अध्यक्ष गौतम अडानीले विश्वको सबैभन्दा ठूलो हरित ऊर्जा पार्क निर्माण गरी भारतको नवीकरणीय ऊर्जा विवकासमा महत्वपूर्ण भूमिका निवार्ह गर्न पाउँदा गर्व लागेको बताए । यो प्लान्टबाट २ करोड बढी घरमा विद्युत् सेवा पुग्ने जनाइएको छ ।

यो परियोजना पूरा गर्न ३ खर्ब १५ अर्ब ३ करोड रुपैयाँ (२.२६ बिलियन अमेरिकी डलर) लागत अनुमान गरिएको छ । ७२६ स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिने उक्त पार्क १ वर्षअघिबाट मात्र निर्माण सुरु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । समूहले निर्माण सुरु भएको १ वर्षमा विद्युत् उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोडेको जनाइएको छ ।

अडानी समूहले गुजरातमै फ्याक्ट्री स्थापना गरेर सो पार्क निर्माणका लागि चाहिने आवश्यक उपकरण उत्पादन गरिरहेको छ । त्यस नजिकै रहेको यही समूहको वायु ऊर्जा उत्पादन गर्ने फ्याक्ट्रीले पनि एक वर्षमा ३०० टर्वाइन उत्पादन गर्ने लक्ष्य राखेको छ ।

सन् २०२१ मा भएको कोप–२६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०७० भित्र शुन्य कार्बन उत्सर्जनकोे लक्ष्य पूरा गर्ने बताएका थिए । उनले सन् २०३० सम्म ५०० गिगावाट हरित ऊर्जा उत्पादन गर्ने र भारतलाई चाहिने ऊर्जाको ५० प्रतिशत नवीकरणीय ऊर्जाबाट पूरा गर्ने घोषणा समेत गरेका छन् । अडानी समूहले अघि बढाएको यो परियोजनाले उक्त लक्ष्य पूरा गर्न मदत गर्ने जनाइएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit