• प्राधिकरण : ९८०४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३२५० मे.वा.घन्टा
  • आयात : २८७ मे.वा.घन्टा
  • निर्यात : ७१२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ३०१२७ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १५१८ मे.वा.
×

संखुवासभामा २ सय ३२ मेगावाटका आयोजना निर्माणाधीन

२०७८ साउन २०

काठमाडौं । प्रदेश-१ को संखुवासभा जिल्लामा २ सय ३२ मेगावाटका जलविद्युत आयोजना निर्माणाधीन छन् । निजी क्षेत्रले अघि बढाएका दर्जन बढी जलविद्युत आयोजना निर्माण भइरहेका हुन् । 

विद्युत विकास विभागको पछिल्लो तथ्यांकअनुसार उत्पादन अनुमतिपत्र लिएका ४ मेगावाटदेखि ९७.२ मेगावाटसम्मका जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा पुगेका छन् । 

सबैभन्दा ठुलो ९७.२ मेगावाटको इसुवा खोला अर्धजलाशय जलविद्युत आयोजना निर्माणाधीन छ । यो निजी क्षेत्रले निर्माण गरिरहको अहिलेसम्मको विद्युत ठूलो आयोजना हो । यो आयोजना केबीएनआर इसुवा पावर कम्पनीले जिल्लाको मकालु गाउँपालिकामा निर्माण गरिरहेको छ । 

आयोजना निर्माण सम्पन्न गर्न १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंक लिमिटेडको अगुवाईमा ६ बैंक तथा वित्तीय संस्थाले ८० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी, २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ स्वुँवजी लगानी रहेको छ ।

१०.३ मेगावाटको डाउन पिलुवा रिभर फल्स हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ । २०७० फागुनमा नै उत्पादन अनुमति पाएको आयोजनाको काम आधा भन्दा बढी सकिएको छ । आयोजना सम्पन्न गर्न १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । 

आयोजनामा सिटीजन्स बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंकले ७० प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।

५ मेगावाटको सुपर हेवा खोला जलविद्युत आयोजनाको क्षमता विस्तार गरेर ६ मेगावाटमा निर्माण भइरहेको छ । सुपर हेवा खोला हाइड्रोपावर कम्पनीले जिल्लाको जलजले र सिद्धपोखरीमा आयोजना पहिचान गरि निर्माण गरिरहेको हो ।

डिजाइनमा सामान्य परिवर्तन भएपछि एक मेगावाट क्षमता थपिएको कम्पनीका निर्देशक विरेन्द्र केसीले बताए । उनका अनुसार आयोजनाको बाँध प्रस्तावित भन्दा अलि माथि सारिएको छ । 

क्षमता विस्तार हुनु अघि आयोजना निर्माण गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो, तर क्षमता बढेपछि लागत पनि बढ्नेछ । आयोजनामा वाणिज्य बैंक र मेगा बैंकले ७० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी स्वपुँजी लगानी रहनेछ

यस्तै, १४.९ मेगावाटको माया खोलाको पनि ६० प्रतिशत बढी निर्माण पूरा भएको माया खोला हाइड्रोपावर कम्पनीले जनाएको छ । २०७१ मा उत्पादन अनुमतिपत्र पाएको आयोजनाको सबै संरचनामा अहिले काम भइरहेको छ ।

आयोजनाबाट गत असारदेखि नै विद्युत उत्पादन गते तालिका भए पनि कोरोना (कोभिड–१९) महामारीका कारण आयोजनाको निर्माण प्रभावित हुन पुगेकाले उत्पादन धकेलिएको छ । यो सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिएका ६ मध्येको एउटा आयोजना हो । यो आयोजना सम्पन्न गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । 

दिव्यश्वरी हाइड्रोपावर कम्पनीले पनि ८.३ मेगावाटको सभा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०७१ असोजमा उत्पादन अनुमति लिई आयोजना अघि बढाएको हो । 

यस्तै, ८.५ मेगावाटको माथिल्लो हेवा अप्पर हेवा खोला हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको छ । यो आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ । साउन पहिलो सातादेखि विद्युत उत्पादन तालिका भएपनि कोरोना महामारीका कारण असोजमा सरेको कम्पनीका प्रबन्ध निर्देशक डेडराज खड्काले बताए । 

आयोजना पूरा भएपछि वार्षिक ४६.२८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदमा ६.९५ र बर्खामा ३९.३२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजना सम्पन्न गर्न करिब १ अर्ब ४१ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

यस्तै, मेछियाम हाइड्रो पावर कम्पनीले ४.७२ मेगावाटको माथिल्लो पिलुवा–२, आर्वित इनर्जीले १५.१ मेगावाटको सभा खोला ‘बी’, सभा पोखरी हाइड्रो पावरले ५ मेगावाटको लंखुवा खोला आयोजनाको काम अघि बढाएका छन् ।  

यस्तै, कसुवा खोला हाइड्रोपावरले ४५ मेगावाटको कसुवा खोला, मिल्के जलजले हाइड्रोपावरले ४.९९ मेगावाटको माथिल्लो पिलुवा स्मल, पंचखपन हाइड्रोपावरले ७.३ मेगावाटको तल्लो हेवा खोला र माबिलुङ इनर्जीले ४.९५ मेगावाटको माथिल्लो पिलुवा–३ जलविद्युत आयोजना अघि बढाएका छन् ।

विभागका अनुसार यही जिल्लामा ४ जलविद्युत केन्द्रले विद्युत उत्पादन गरिरहेका छन् । जिल्लामा ३ मेगावाटको पिलुवा खोला, ४.४५५ मेगावाटको हेवा खोला, ३.३ मेगावाटको सभाखोला लगायतले विद्युत उत्पादन गरिरहेका छन् । 

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit