images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सर्वसाधारणले शुभम पावर लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत १९ गते (बुधबार) देखि खुल्ला गरेको सेयर आवेदन अवधि आज (आइतबार) साँझ ५ बजेबाट सकिने लागेको हो ।

कम्पनीले जारी पूँजी २० करोड रुपैयाँ मध्येको २० प्रतिशत अर्थात ४ करोड बराबरको सय रुपैयाँ अंंकित ४ लाख कित्ता र प्रभावित स्थानीयमा अवितरित १ लाख ८० हजार ५ सय ८० कित्ता सेयरमा कुल गरी जम्मा ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण सेयरमध्ये १० प्रतिशत हुन आउने अर्थात ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिका लागि निष्कासन तथा बाँडफाँड गरेको छ ।

निष्कासित सेयरमध्येको ५ प्रतिशत हुन आउने अर्थात २९ हजार ३० कित्ता सेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको र २ प्रतिशत हुन आउने अर्थात ११ हजार ६ सय १० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधित्तम ५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना निर्माण भइसक्दा आयोजनाको प्रतिमेगावाट लागत १४ करोड ५४ लाख ४५ हजार ३ सय ४२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit